ब्लग :किन हुनसकेन नेपालमा प्रत्यक्ष कार्यकारीको व्यवस्था ?
मीनबहादुर पण्डित
नेपाल समृद्धि हुन नसक्नुको मुख्य कारण अस्थिर राजनीतिक व्यवस्था एक हो । प्रत्येक छ छ महिनामा सरकार परिवर्तनले राजनीतिक दलको विकासप्रतिको इच्छालाई ओझेलमा पारेको सबैमा जगजाहेर छ । विकासका लागि व्यवस्था वा निर्वाचन प्रणालीका साथै राजनीतिक गर्ने व्यक्ति सही हुनुर्छ । उसको काम गर्ने शैली पनि ठीक हुनुपर्छ । अनि इमानदार र कर्तव्यनिष्ठ व्यक्तिले समृद्धिका लागि थोरै समयमा पनि धेरै काम गर्न सक्छ ।
चीनमा शासक आफैँ चुनिन्छन्, तर देश र जनताका लागि इमानदार भएर काम गर्छन् । त्यसैले आज चीनले अमेरिकालाई उछिन्ने अवस्थामा पुगेको छ । नेपालमा शासक जनताद्वारा चुनिन्छन् तर आफू र आफन्ताका लागि काम गर्छन् । यही प्रवृत्ति आम राजनीतिक नेताको भएकाले नेपालको हालत यस्तो भएको हो । संसारमा थुप्रै राजत्रन्त्र भएका मुलुकहरु भए पनि धनी छन् । साथै गणत्रन्त्र भएका देशहरु थुप्रै छन् । ती देशहरु धनी पनि छन् र गरिब पनि छन् । त्यसैले व्यवस्था कस्तो भन्ने कुरा मुख्य होइन, व्यक्ति कस्ता छन् भन्ने कुरा चाहिँ मुख्य कुरा हो । अरब देशहरुमा प्रजात्रन्त्र छैन तर त्यहाँको सरकारले देश र जनताका पक्षमा काम गरेकाले नै ती देश र जनता सम्पन्न छन् । त्यसैले प्रजात्रन्त्रले मात्र पनि देश बन्ने होइन र गणत्रन्त्रले मात्र पनि देश बन्ने होइन ।
त्यसैले व्यवस्था र पद्धतिले मात्र देश बन्ने होइन, सही व्यक्ति सही ठाउँमा हुनुपर्छ र उसको सही निर्णयले मात्र देश समृद्ध बन्ने हो । अर्को कुरा जुन व्यवस्था आए पनि ५ वर्ष राम्रोसँग काम गर्न पाउने हो भने उसले थोरबहुत गर्न सक्छ ।
राणाले बनाइदिएको भवनमा बसेर शासन चलाउने अनि राणालाई नै गाली गरेर मात्र देश बन्दैन । प्रजातन्त्र आएको झण्डै ७० वर्ष भयो तर नेताहरुले खै राणाहरुको भन्दा राम्रो काम गर्न सकेको ? पञ्चायतले बनाइदिएको बाटोमा हिँड्ने अनि पञ्चायतलाई नै गाली गर्ने ? खै पञ्चायतले भन्दा राम्रो काम गर्न सकेको ? सधैँ वैदेशिक सहयोग मागेरै देश चलाउने समय अब गयो । यसर्थ प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री ठिक छ कि छैन भन्ने कुरा गौण हो ।
राजनीतिक पार्टीहरुले कहिले पनि प्रत्यक्ष निर्वाचित कार्यकारी हुने निर्वाचन प्रणाली राख्दैनन्, किनभने प्रत्यक्ष कार्यकारीलाई छ छ महिनामा परिवर्तन गर्न सकिँदैन भन्ने कुरा उनीहरुलाई थाहा छ । अहिले प्रत्यक्ष कार्यकारीले नहुँदा राजनीतिक दललाई राज्यको ढुकुटी दोहन गर्न सहज छ । त्यसैले त्यसैले यो विषय गौण बनेको छ ।
नाम चलेका इमानदार र ट्यालेन्ट व्यक्ति स्वत्रन्त्र उमेद्वारको रुपमा उठी दिए भने राजनीतिक पार्टीहरुले सत्ताको नेतृत्व सधैँलाई गुमाउन पुग्छन् । सामाजिक क्षेत्रमा नाम चलेका त्यस्ता व्यक्तिहरु थुप्रै छन् । जस्तै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, महावीर पुन, विजय लामा, राजेश हमाल, कुलमान घिसिङ, रवि लामिछाने, धुर्मुस, सुन्तली इत्यादि । यीमध्ये कुनै पनि एक व्यक्ति स्वत्रन्त्र उमेद्वारको रुपमा प्रत्यक्ष राष्ट्रपति पदमा उठिदिए भने लोकप्रियताका आधारमा जित्न पनि सक्छन । त्यसैले आफै हार्ने सिस्टम राजनीतिक पार्टीले कहिले पनि ल्याउँदैनन् । राजनीतिलाई कमाइ खाने र रमाइ खाने भाडो बनाउनेहरुबाट प्रत्यक्ष निर्वाचित कार्यकारी सिस्टम होला भनेर अहिलेलाई कल्पना गर्नु पनि बेकार छ ।
नेता इमानदार भए पुँजी, प्रविधि तथा दक्ष, अदक्ष जनशक्तिको कुनै कमी छैन र हुने पनि छैन । नेता इमानदार भए भ्रष्टचार आफैँ निर्मूल हुन्छ । कर्मचारीले पनि भ्रष्टचार गर्न सक्छन् । अझ वास्तविकता के हो भने कर्मचारी र ठेकेदारसँग मिलेर भ्रष्टचार गर्ने र गराउने राजनीतिक दलका नेताहरु नै हुन् । आफै भ्रस्टचारमा संलग्न भएपछि भ्रष्टाचारविरुद्ध कडा कानुन ल्याउने कुरै भएन । दण्ड जरिवाना गराउने पनि कुरै भएन ।
भूकम्पले थिलथिलो पारेको देशलाई भारती नाकाबन्दीले अझ थिलथिलो बनायो । यसको मुख्य कारक तत्व पनि आन्तरिक खिचातानी हो । आफू राम्रो भएमा कुनै वैदेशिक हस्तक्षेप र नेपालप्रतिको गलत रणनीतिका कारण पनि देश बन्न नसकेको हो । तर नेपाली नेता इमानदार हुने हो भने भारतीय हस्तक्षेप हुनै सक्दैन ।
अहिलेसम्म नेपालका कुनै पनि विकास निर्माणका काम दिगो, गुणस्थरीय र टिकाउ खालका छैनन् । भारतको इच्छाविपरीत ठूला योजना बनाउन नसकेर आलटाल र भुलाउ र झुलाउ नीति अबलम्बन गरेको समेत पाइयो । केरुङ, काठमाडौँ पोखरा, लुम्बिनी मेट्रो रेल यसको उदारहरण हो । देशको विकास गर्न दुवै छिमेकी देशको सहयोग र समर्थन लिन सक्नु पर्दछ । तर सरकारले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई मात्र नेपाल भ्रमण गरायो । तर नेपाल आउने तीव्र इच्छा प्रकट गर्दागर्दै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण अहिलेसम्म हुन नसक्नु किन र कसको कमजोरी हो ? जनतालाई जवाफ दिनुपर्छ ।
अनुभव र बिग्यता ले नै सफलता दिलाउछ, देश बनाउने अनुभब र बिग्यता भएका त्यस्ता व्यक्ति राजनीतिमा मात्र होइन सबै क्षेत्रमा हुन् सक्छन् । नेतृत्वमा भएका व्यक्तिहरुले विज्ञ र विज्ञता भएका व्यक्तिलाई प्रयोग गर्न नसक्नु र नचाहनु ठूलो विडम्बना हो ।
त्यसैले अब राजा वा राजसंस्थाको दमनका विरुद्ध लड्नु पर्ने छैन केवल समृद्धिका लागि मात्र मिहिनेत गर्नुपर्छ । अनेक जाल, झेल र शब्द जाल प्रयोग गरेर देशमा हाली मुहाली गर्ने प्रवृत्ति हाबी रहेसम्म प्रत्यक्ष कार्यकारीको व्यवस्था कठिन छ ।
यूएई, दुबई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’