शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘यात्रा’ र 'ए मेरो हजुर ३’ को भिडन्तमा थपियो कलंक

शुक्रबार, ०६ वैशाख २०७६, ११ : ४५
शुक्रबार, ०६ वैशाख २०७६

काठमाडौं – हरेक साता दुई वा सो भन्दा बढि फिल्म भिड्ने गरेपछि  यो सात अर्थात आजै भने कुनै पनि फिल्म रिलिजमा आउन सकेन । नयाँ फिल्म रिलिज नभएपनि चलचित्र भवन खाली छैन । यो साता पनि अघिल्लो शुक्रबार प्रदर्शनमा आएका दुई फिल्म ‘यात्रा’ र ‘ए मेरो हजुर ३’ले नै निरन्तरता पाएका छन्, भने यी दुबै फिल्म मार्फत पछिल्लो समयका राम्रा मानिएका हिरो सलिनमान बनियाँ र अनमोल केसीकै भीडन्त हुने देखिएको छ ।

यद्यपी यो साता यी दुवै फिल्मले मात्र सबै हल पाउने छैन । किन भने आज शुक्रबारबाट बलिउड फिल्म ‘कलंक’ पनि रिलिज भएको छ । चलचित्र विकास बोर्डका कारण अघिल्लो बुधबार रिलिज हुन नसकेको फिल्म ‘कलंक’ आजबाट प्रदर्शनमा आएको हो ।

‘यात्रा  : म्युजिकल भ्लग’ सम्राट शाक्यको निर्देशन रहेको फिल्म हो । यसमा सलिनमान बनियाँ, सलोन बस्नेत, मालिका महत, जान्वी बस्नेत, जयनन्द लामा , रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायत कलाकारको अभिनय रहेको छ ।

संगीतिक लभ स्टोरी बताइएको यो फिल्मले पहिलो सात राम्रो ब्यवसाय गर्न सफल भएको छ । पहिलो साता करिब लगानी उठाएको यो फिल्मको यो साताको आम्दानी फाइदा हुने निर्माण युनिटले जनाएको छ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो । कलाकार समेत रहेका केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेका छन् ।

त्यस्तै ‘ए मेरो हजुर ३’ भने झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा अनमोलको अलवा झरनाको छोरी सुहाना थापा, सलोन बस्नेत, रेअर राई, सरोज खनाल, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारको अभिनय छ ।

सुनिल कुमार थापाले निर्माण गरेको फिल्मले पहिलो साता निकै राम्रो ब्यवसाय गरेको छ । दोस्रो साता पनि राम्रो ब्यवसाय गर्ने निर्माण युनिटले जानकारी दियो ।

यस्तै फिल्म ‘कलंक’ मा वरुण धवन, आलिया भट्ट, सञ्जय दत्त, सोनाक्षी सिन्हा, माधुरी दीक्षित र आदित्य रोय कपूरको अभिनय रहेको छ । माधुरी र सञ्जयले २० वर्षपछि सँगै यो फिल्ममा काम गरेका हुन् ।

करण जोहरको ड्रिम प्रोजेक्ट बताइएको यो फिल्मले राजधानी भित्र र मोफसलका प्राय सबै मल्टीप्लेक्समा उच्च सो पाएको छ ।  फिल्मले पहिलो दिन भारतमा २१ करोड कमाएको थियो । फिल्मलाई अभिषेक वर्मनले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप