मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

साञ्जेन र रसुवागढीको आइपिओ खुल्यो, कतिसम्म पाइन्छ भर्न ?

शुक्रबार, ०६ वैशाख २०७६, ११ : ३४
शुक्रबार, ०६ वैशाख २०७६

आजदेखि (बैशाख ६) साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी जलविद्युत कम्पनीको आइपिओ बिक्री खुला भएको छ । 

लगानीकर्ताले न्युनतम १० कित्तादेखि आवेदन दिन पाउनेछन् । रसुवागढीले ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणको लागि खुला गरेको हो । 

कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणका लागि सो परिणामको आइपिओ बिक्री खुला गरेको हो । 

यसैगरी साञ्जेनले पनि कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २ सय ५० कित्ताका लागि आवेदन खुलाएको हो । 

साञ्जेनमा अधिकतम २ हजार र रसुवागढीमा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप