शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुद्धले अन्तर्राष्ट्रिय उडान थप्यो, भारतको गुवाहटीमा साउन १८ बाट नियमित उडान

बिहीबार, ०५ वैशाख २०७६, १९ : २२
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं– बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानलाई विस्तार गरेको छ । बुद्धले भारतको गुवाहटीमा साउन १८ गतेदेखि उडान गर्ने बताएको छ । 

बुद्ध एयरले काठमाडौं–गुवाहटी उडानका लागि उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र भारत सरकारसँगको प्रकृया सुरु गरिसकेको बताएको छ । 

बुद्धको काठमाडौं–गुवाहटी साताको दुईवटा उडान हुने छ । ७२ सिटको एटिआर विमानबाट हरेक मंगलबार र शनिबार विहानको सात बजे उडान भर्ने बुद्धले जनाएको छ । 

बुद्धले आउँदो जेठ १३ गतेदेखि साताको तीन वटा उडान काठमाडौं–कोलकत्ता गर्ने योजना यस अघिनै सार्वजनिक गरेको छ ।

हाल बुद्धको सातामा २ वटा उडान काठमाडौं–वनारस गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप