बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित २ जना पक्राउ

बिहीबार, ०५ वैशाख २०७६, १८ : ३०
बिहीबार, ०५ वैशाख २०७६

बारा । बारा जिल्लाको बिश्रामपुर गाँउपालिका–३ खुदियाटोलास्थित सीमा इलाकाबाट एपीएफ टोलीले करीब ११ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड कपडासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको पूर्वी चम्पारण तेलकुँवा–१ घर बताउने २७ वर्षीय नाझा यादव र भारतकै मोतिहारी घर बताउने ३२ वषीृय मुनिलाल पटेल छन् । 

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालको कमाण्डमा खटिएको एपीएफ टोलीले वैशाख ४ गते उक्त कपडासहित पक्राउ गरेको हो ।

भारतबाट अवैध रुपमा भन्सार छली ना. १ त ७७६० र ना. ४ त ३३२८ नम्बरका ट्रयाक्टरको ट्रलि मुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त कपडा बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएकोे सशस्त्रका डीएसपी अजय छतकुलीले जानकारी दिए । 

एपीएफ टोलीले त्यसवेला उक्त कपडा ल्याउन प्रयोग भएको दुईवटै ट्रयाक्टर नियन्त्रणमा लिई स्थानीय प्रहरीलाई बुझाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप