शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्नुपर्छ : सञ्चारमन्त्री वास्कोटा

बिहीबार, ०५ वैशाख २०७६, १८ : २५
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं । सूचना प्रविधी तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियालाई विश्वास गर्नुपर्ने बताएका छन् । बिहिबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा राखिएको जिज्ञासामा उनले नेपालले आफ्नै ढंगले द्धन्द्ध व्यवस्थापनको काम गरेको बताए । 

संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालयले जबर्जस्ती बेपत्ता सम्बन्धी कार्य समूह तथा विविध विषयमा जेनेभामा रहेको नेपालको राष्ट्रसंघीय स्थायी नियोगमार्पत परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई १० पेज लामो ध्यानाकर्षण पत्र बुझाएको विषयमा बोल्दै मन्त्री बास्कोटाले सरकारले अध्ययन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने बताए । 

उनले भने– ‘विगतमा द्धन्द्ध पनि नेपालीले गरेको हो, द्धन्द्ध व्यवस्थापन पनि नेपालीले गरेका हुन् । यो विषयलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्वोधन गर्नुपर्ने हुन्छ । गर्ने नेपालीले हो, अरुले भन्दैमा समाधान हुँदैन् ।’

उनले द्धन्द्ध व्यवस्थापनको नीतिमा पछिल्लो समय नेपाल नमुना रहेको भन्दै नेपालको क्षमतामाथि अन्तर्राष्ट्रिय समुदायले पनि विश्वास गर्नुपर्ने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप