शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आनन्द, नाजिर र शिल्पाले खोले ‘दुलही’को घुम्टो

बिहीबार, ०५ वैशाख २०७६, १७ : ५४
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं – पछिल्लो समय नेपाली कलाकार फेसन ब्राण्ड र ब्युटी पार्लर उद्घाटनमा निकै पुग्न थालेका छन् । यस्तैमा काठमाडौंको हात्तीगौंडामा बिहिबारबाट सञ्चालनमा आएको ‘दुलही’ नामक ब्युटी एण्ड फेसन स्टुडियो उद्घाटनमा पनि अभिनेता नजिर हुसेन, अभिनेत्री शिल्पा मास्के, गायक आनन्द कार्की पुगेका छन् । 

गोपीमायाँ थुलुङले आजबाट सञ्जालमा ल्याएको उक्त ब्युटी एण्ड फेसन स्टुडियोको कलाकार तथा गायकले रिबन काटेर उद्घाटन गरेका थिए । 

पिछडिएका महिला दिदी बहिनीहरुलाई सिप सिकाएर उद्यमशिलतातर्फ उन्मुख गराउने र राज्यलाई आर्थिक समृद्धिको लागि टेवा पुर्याउने लक्ष्यका साथ ‘दुलही’ ब्युटी एण्ड फेसन स्टुडियो संचालनमा ल्याइएको सञ्चालक गोपीमायाले बताइन् । 

कार्यक्रममा गायक आनन्द कार्कीले ‘दुलही’ ब्युटी एण्ड फेसन स्टुडियोको उद्देश्य महिलाहरुलाई उद्यमशिल बनाउने रहेकोले सफलताको शुभकामना दिए । 

उनले आधुनिक प्राविधिसहितको सुविधा समाबेश गरि सञ्चालनमा आएकोले ‘दुलही’ सबैको मन जित्न सक्ने विश्वास व्यक्त गरे ।

‘दुलही’ मा फेसियल, हेयर कलर, महिला र पुरुषको कपाल काट्ने, दुलही सिगार्ने, पुरुषको कपाल काट्नेलगायतका प्रशिक्षण उपलब्ध छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप