बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तु प्रहरीले समात्यो सय बढी फरार प्रतिवादी

बिहीबार, ०५ वैशाख २०७६, १६ : ४७
बिहीबार, ०५ वैशाख २०७६

कपिलवस्तु प्रहरीले आर्थिक बर्ष २०७५/०७६ को  पछिल्लो ९ महिनामा १ सय १ जना फरार प्रतिवादी पक्राउ गरेर जिल्ला अदालतमा पेश गर्दै बाँकी कैद भुक्तानी र जरिवाना असुलीका लागि कारागार चलान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी रवि रावलका अनुसार गत श्रावण महिनादेखि चैत्र मसान्तसम्म प्रतिवादी पक्राउ गर्न सञ्चालन गरिएको बिशेष अप्रेशन अन्र्तगत फरारमध्ये १ सय  १ जना प्रतिवादी पक्राउ गरिएको हो ।

उनीहरुलाई अदालतमा पेश गरी २९ वर्ष २ महिना ६ दिन कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको र त्यसबाट ६ लाख ४० हजार ३ सय ९५ रुपैयाँ  जरिवाना समेत अशुल हुने डिएसपी रावलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप