बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकले खोल्यो मिनभवनमा जेष्ठ नागरिकको खाता

बिहीबार, ०५ वैशाख २०७६, १५ : ५६
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकले मिनभवनमा जेष्ठ नागरिकको खाता खोलेको छ ।

समृद्धिसँग जोडौं नाताः सबै नेपालीको बैंक खाता ‘खोलौ बैंक खाता अभियान–२०७६’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैक लिमिटेडको सहकार्य र अग्रज समाज नेपालको आयोजनामा मिनभवन स्थित यातायात व्यवस्था कार्यालयको परिसरमा जेष्ठ नागरिकहरुको लागि रावा बैंक समृद्धि बचत खाता खोल्ने कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रममा बैंकका उप–कार्यकारी अधिकृत टेकराज जोशीले जेष्ठ नागरिक उद्धबबहादुर थापालाई चेकबुक हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरे । रावा बैंक समृद्धि बचत खाता खोल्दा बैंकको तर्फबाट १०० खातामै जम्मा गरिने छ । 


       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप