शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘जनप्रतिनिधि डोजर मालिक बने’

बिहीबार, ०५ वैशाख २०७६, १५ : ५१
बिहीबार, ०५ वैशाख २०७६

दैलेख–प्रतिनिधिसभा सदस्य पार्वती विशुन्खेले जनप्रतिनिधिलाई डोजर मालिक नबन्न सुझाव दिएकी छिन् । 

“जनप्रतिनिधि आफैँले डोजर किनेर काम गर्नु राम्रो होइन”, सांसद विशुन्खेले भनिन्, “जनप्रतिनिधिले डोजर मालिक बनेर आफैँले बनाएको नीति नियम मिच्नु हुँदैन ।” 

दैलेखको नौमूले गाउँपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा सांसद विशुन्खेले भनिन्, “जनप्रतिनिधि नै डोजर मालिक बनेपछि स्थानीय तहबाट गरिने योजना कार्यान्वयनमा समस्या आउँछ ।” 

सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको सदस्यसमेत रहेकी सांसद विशुन्खेले अर्को प्रसङ्गमा भनिन्,  “सुखी नेपाली, समृद्ध नेपालको गन्तव्यतर्फ मुलुक अघि बढिरहेको छ, अब कोही दुःखी हुनु पर्दैन, सरकारले परिणाम देखिने गरी काम गरिरहेको छ ।”

सरकारले एक जिल्ला हुँदै अर्को जिल्ला जोड्ने सडक सञ्जाल निर्माणलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै उनले भौतिक पूर्वाधारसँगै सामाजिक रुपान्तरणको आवश्यकता औँल्याइन् ।  

महालेखा परीक्षकको कार्यालयका निर्देशक निर सुवेदीले आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिदैं आन्तरिक आय बढाउनतर्फ ध्यान दिन स्थानीय तहलाई सुझाव दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप