मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

व्यापारी अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी

बिहीबार, ०५ वैशाख २०७६, १५ : ४३
बिहीबार, ०५ वैशाख २०७६

एक नाबालिका अपहरण परेको समाचार बाहिरिएको दोस्रो दिनमै जनकपुरमा चिया पसल गर्दै आएका अर्का व्यापारी अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित सरस्वती उमावि क्षेत्रमा बस्ने ४० वर्षीय व्यापारी ध्रुवनारायण लाल कर्ण अपहरणमा परेका हुन् ।

उनी जनकपुरस्थित मिल्स एरियामा चिया पसल गर्दै आएका थिए । बिहिबार विहान ४ बजे पसल खोल्न गएका बेला उनी अपहरणमा परेको कर्णका आफन्तजनले जनाएका छन् ।

पसलको सटर बन्द रहेको ताल्चा मात्रै खुलेको र उनले लगाएको भेस्ट च्यातिएको अवस्थामा पसल अगाडी फेला परेकाले अपहरण भएको हुनसक्ने आशंका उनका साला नाता पर्ने धीरज कुमार कर्णले बताए ।

व्यापारी कर्णको पसलमा दूध दिन आउनेले पसलको ताल्चा खुलेको र सटर बन्द रहेको परिवारलाई खबर गरेपछि धीरजले बिहीबारै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका छन् । दुई दिन अगाडी धनुषाको धनुषाधाम नगरपालिका बस्ने १२ वर्षीया बबि कुमारी महतो अपहरणमा परेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप