शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कस्तो असर छ काठमाडौँमा विप्लवको बन्दको ? (तस्विरमा हेर्नुहोस्)

बिहीबार, ०५ वैशाख २०७६, ११ : ०६
बिहीबार, ०५ वैशाख २०७६

काठमाडौँ – नेत्रविक्रम चन्दको ‘विप्लव’ समूहले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँमा न्यून छ ।

निजी सवारी साधन निर्वाध चलिरहेका छन् भने सार्वजनिक सवारी साधन सदाको तुलनामा केही कम मात्र चलिरहेका छन् । 

धेरै विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।

अप्रिय घटना नघटोस् भनेर राजधानीका विभिन्न स्थानमा सुरक्षाकर्मीलाई व्यापक रुपमा परिचालन गरिएको छ ।

राजधानीमा बन्दले असर नगरेपनि देशका विभिन्न स्थानमा बम विस्फोट, शंकास्पद वस्तु फेला, आगजनी र सवारी साधन गुडेका छैनन् । 

मुग्लिन प्रहरीका अनुसार पृथ्वी राजमार्गमा बन्दको प्रभाव धेरै छ । उक्त राजमार्गमा सार्वजनिक सवारी साधन गुडेका छैनन् भने निजी सवारी साधन फाट्टफुट्ट मात्रै चलेको छ । 
 
यसैगरी, दोलखाको चरिकोटमा पनि बन्दको प्रभाव परेको छ । बस नचल्दा यात्रुहरु समस्यामा परेका छन् । यता, प्रदेश ५ मा बन्दको असरले जनजिवन प्रभावित बनेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप