शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा जीप दुर्घटनाः भाइको मृत्यु , दाजु घाइते

बिहीबार, ०५ वैशाख २०७६, ११ : ०४
बिहीबार, ०५ वैशाख २०७६

बुटवल– पाल्पामा भएको जीप दुर्घनामा परी गम्भीर घाइते एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

  रम्भादेवि गाउँपालिका–३ , देउराली भन्ने स्थानमा लु १ ज १७८६  नम्वरको जिप दुर्घटना हुँदा सोही गाउँपालिका–२ सुरुमडाँडाका ३० वर्षीय चालक लालबहादुर सिंजालीको मृत्यु भएको हो ।

 दुर्घटनामा परि घाइते भएका  देवबहादुर सिंजाली मृतकका दाजु भएको जनाइएको छ ।  उनको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

  मलेङ्ग भन्ने स्थानमा सामान छाडेर फर्किने क्रममा बुधबार राती ८ बजेको समयमा जीप ब्रेक फेल भई सडकबाट करिव २ सय मिटर तल खसेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी कृष्ण सापकोटाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप