बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुकेश अम्बानी सय प्रभावशाली व्यक्तिको सूचीमा, पाकिस्तानका प्रधानमन्त्रीको नाम पनि समावेश

बिहीबार, ०५ वैशाख २०७६, १० : ०६
बिहीबार, ०५ वैशाख २०७६

रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको नाम टाइम म्यागजिनको सय प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएको छ ।

टाइमले बुधबार नेता, कलाकार, व्यापारी, असाधारण व्यक्तित्वलगायतको सूचीमा सय व्यक्तिको नाम सूचीकृत गरेको छ । मुकेश अम्बानीको नाम ‘मोस्ट इन्फ्लूएन्शियल टाइटन’ (सर्वाधिक प्रभावशाली दिग्गज) मा समावेश गरिएको छ ।

यो सूचीमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, पोप फ्रान्सिस, चीनका राष्ट्रपति शी जिनपिंग, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, फेसबुकका संस्थापक मार्क जुकरबर्ग, भारतीय–अमेरिकी हास्यकलाकार हसन मिन्हाजको नाम पनि समावेश छ ।

टाइम डट कममा प्रकाशित मुकेश अम्बानीको प्रोफाइल महिन्द्रा ग्रुपका अध्यक्ष आनन्द महिन्द्राले लेखेका छन् । उनले लेखेका छन्, ‘मुकेश आफ्नो सबै नयाँ कामको सुरुवात आफ्ना पिता धिरुभाइ अम्बानीको आशीर्वादसहित गर्छन् । तर उनी आफ्ना पिताभन्दा धेरै महत्वाकांक्षी छन् ।’

महिन्द्राले लेखे, ‘मुकेश अम्बानीले सस्तो फोरजी डाटा नेटवर्क रिलायन्स जियो लञ्च गरे । यसमा अहिलेसम्म २८ करोड जोडिइसकेका छन् । यो सफलता कुनै पनि हिसाबले प्रभावशाली हो । ’

 यो सूचीमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको नाम पनि समावेश छ ।

टाइम डट कममा प्रकाशित इमरान खानको प्रोफाइल पाकिस्तानी प्रधानमन्त्री एवं तालिबानका लेखक रसिदले लेखेका छन् ।

इमरानबारे वर्णन गर्दै रसिदले लेखेका छन्, ‘सन् १९९२ मा पाकिस्तानले क्रिकेटको विश्वकप जितेको थियो, जसको नेतृत्व इमरान खानले गरेका थिए । उनले लाहोरमा सुविधासम्पन्न क्यान्सर अस्पतालको निर्माण गरे, त्यसपछि निर्माण गरे विश्वविद्यालय । उनी २० वर्षअघि राजनीतिमा होमिएका हुन् ।’

‘उनी एउटा यस्तो देशका प्रधानमन्त्री हुन् जो आफ्ना धनी छिमेकी देश चीन र अरब खाडी मुलुकमा निर्भर छ । उनका आलोचकले उनलाई सैनिक र इस्लामी कट्टरपन्थीसँग सम्बन्धित भएको बताउँछन् । उनले आफ्ना सल्लाहकार पनि राम्रो छान्न नसक्ने पनि आरोप लगाइन्छ । यति हुँदा हुँदै पनि उनी  युवा र ज्येष्ठ नागरिकका आशाका केन्द्र हुन् । उनी दक्षिण एशियालाई स्थायी संघर्षको क्षेत्रको साटो शान्तीको सागर बनाउने प्रयासमा छन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप