बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोकिएन पीएसजीको हारको शृङ्खला

बिहीबार, ०५ वैशाख २०७६, ०९ : २५
बिहीबार, ०५ वैशाख २०७६

फ्रेन्च लिगको उपाधिको मुखमा रहेको पेरिस सेन्ट जर्मन (पीएसजी) को खराब नतिजाबाट गुज्रने क्रम जारी छ ।

बुधबार राति भएको खेलमा पीएसजी तुलनात्मकरुपमा टोली नान्टेससँग ३–२ गोलले पराजित भयो ।

लिगमा पीएसजीको यो लगातार दोस्रो हार हो ।

गत आइतबार भएको खेलमा पनि पीएसजी दोस्रो स्थानमा रहेको लिलेसँग ५–१ गोलले पराजित भएको थियो । नान्टेससँगको हारसँगै पीएसजीको उपाधि यात्रा अझै लम्बिएको छ ।

पीएसजीले १९ औँ मिनेटमा डानी आल्भेसको गोलमा अग्रता लिएको थियो । तर, २२ औँ मिनेटमा नान्टेसका डिएगो कार्लोसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ४४ औँ मिनेटमा माजीद वारिसले नान्टेसलाई अगाडी बढाए ।

५२ औँ मिनेटमा पीएसजीका डानी आल्भेसको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो । त्यसपछि दबाबमा देखिएको पीएसजीका लागि ८९ औँ मिनेटमा मेतेहान गुक्लुले गोल गरेपनि टोलोको हार टार्न सकेनन् ।

पीएसजीले नान्टेसविरुद्ध मुख्य खेलाडीलाई आराम दिएको थियो । प्रभावशाली खेलाडी केलियन एमबाप्पे, एन्जल डी मारियालगायत खेलाडीले विश्राम पाएका थिए ।

यस हारसँगै शीर्ष टोली पीएसजीको ३२ खेलबाट ८१ अंक छ ।

दोस्रो स्थानमा रहेको लिलेको ६४ अंक छ ।

पीएसजीलाई हराएको नान्टेस ३७ अंक सहित १४ औँ स्थानमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप