बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा १३ वर्षीया बालिका परिन् अपहरणमा

बुधबार, ०४ वैशाख २०७६, १९ : १७
बुधबार, ०४ वैशाख २०७६

धनुषा । धनुषामा १३ वर्षीया बालिका अपहरणमा परेकी छिन् । धनुषाको धनुषाधाम नगरपालिका – ७ किसानपुर बस्ने बालिका बबि कुमारी महतो अपहरणमा परेकी हुन् । 

मंगलबार साँझ घरबाट निस्केकी बेला उनलाई अपहरण गरेको भनेर जिल्ला प्रहरी कार्यालय धनुषामा उनकी दिदी रविब कुमारी महतोले उजुरी दिएकी छन् । 

बालिकाका बुबा श्याम महतो वैदेशिक रोजगारीमा छन् । गाउँमै पसल खोलेको र रकम लेनदेनमा स्थानीय रजक अन्सारी र उनका भाई मुस्ताक अन्सारीसँग विवाद भएकाले उनीहहले नै अपहरण गरेको आशंका दिदी बबिले गरेकी छन् । 

दिदी बबिले जिल्ला प्रहरी कार्यालय धनुषामा बहिनीको अपहरण भएको भनेर खोजबिनका लागि जानकारी गराएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप