शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्रष्टा सम्मानको रजत वर्ष मनाउने तयारी, गोपालप्रसाद रिमाल काव्य सम्मान पनि सुरु

बुधबार, ०४ वैशाख २०७६, १८ : ४३
बुधबार, ०४ वैशाख २०७६

काठमाडौं– साहित्यकला मन्दिरले स्रष्टा सम्मानको २५औं वर्ष पूरा गरेको अवसरमा भव्यरूपमा स्रष्टासम्मानको रजत वर्ष मनाउने निर्णय गरेको छ ।

सर्जक–कलाकारहरूको सम्मानमा विगत वर्षहरूदेखि नै प्रदान गरिँदै आएका विभिन्न सात सम्मानहरूका अतिरिक्त यस वर्षदेखि अग्रज कवि गोपालप्रसाद रिमालको नाममा थप एक सम्मान– गोपालप्रसाद रिमाल काव्य सम्मान पनि सुरु गरिएको छ ।

साहित्यकला मन्दिरले आख्यानकार पद्मावती सिंह (गङ्गादेवी चौधरी स्मृति सम्मान), अग्रज साहित्यिक इतिहास–अनुसन्धाता मोदनाथ प्रश्रित (इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान), वरिष्ठ साहित्यिक पत्रकार अच्युतरमण अधिकारी (सरस्वती सम्मान), लोक, आधुनिक संगीतका प्रसिद्ध साधक गणेश रसिक (नारायण गोपाल संगीत सम्मान), नेपाली चित्रकला क्षेत्रका विशिष्ट साधक किरण मानन्धर (अरनिको ललितकला सम्मान), रंगमञ्च क्षेत्रकी विशिष्ट अभिनेत्री भुवन थापा चन्द (बालकृष्ण सम रंग सम्मान), वरिष्ठ कवि दिनेश अधिकारी (गोपालप्रसाद रिमाल काव्य सम्मान) र फरक क्षमता भएकी सृष्टि केसी (नेपाल नवप्रतिभा सम्मान) लाई सम्मानित गर्ने निर्णय गरेको छ । 

यी सम्मानहरुमध्ये गंगादेवी चौधरी स्मृति सम्मानका लागि नगद १ लाख १ रुपैयाँका साथै प्रशस्ति–पत्र र अन्य प्रत्येक सम्मानका लागि ५१ हजार नगदका साथै प्रशस्ति–पत्र रहेको छ । उक्त सम्मानहरू संस्थाद्वारा यही बैशाख २७ गते, शुक्रवारका दिन काठमाडौंस्थित अग्रवाल सेवा केन्द्रमा आयोजना गरिने विशिष्ट समारोहमाँझ प्रदान गरिने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप