शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चौधरी उद्योग ग्राममा वम विस्फोट

बुधबार, ०४ वैशाख २०७६, १८ : ४५
बुधबार, ०४ वैशाख २०७६

बुटवल । बुधबार साँझ पूर्वी नवलपरासीमा रहेको चाधैरी उद्योग ग्राम अगाडी बम विस्फोट भएको छ ।   

जिल्ला प्रहरी प्रमुख डिएसपी रमेश थापाले बोतलमा राखेको सामन्य विस्फोटक पदार्थ बारुद विस्फोटक भएको बताए । उनले भने, ‘आफूहरुलाई साँझ साढे पाँच बजेको समयमा जानकारी आएको हो ।’
 
उक्त उद्योग अगाडी गार्ड रहने गेटभन्दा करिव ४५ मिटर पर कसैले बारुद भरेर बोत्तलमा राखी फालेर पड्काएको उनको भनाई छ । 

विस्फोट भएपनि केहि क्षति नभएको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप