शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा भित्रिए यस्ता गीत, भिडियोसहित हेर्नुहोस्

बुधबार, ०४ वैशाख २०७६, १५ : ३५
बुधबार, ०४ वैशाख २०७६

काठमाडौं – नयाँ वर्षको अवसर पारेर यो सात विभिन्न नयाँ गीत संगीत बजारमा आएका छन् । तीमध्ये केही सार्वजनिक गरियो भने केही युट्यूव मार्फत सार्वजनिक गरियो । यो साता सार्वजनिक भएका केही गीतसंगीत यस्ता रहेका छन् । 

‘सोध्न तिमी आफैँसँग...’ 
काठमार्डौं – डा. डीआर उपाध्यायको नया गीत ‘सोध्न तिमी आफैँसँग...’ सार्वजनिक भएको छ । बुलु मुकारुङको सङ्गीत उदय सोताङको स्वर, नोर्बु शेर्पाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाँकन गरेको गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ ।
साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायले केही समयअघि नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका थिए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरिएको थियो । यो विषयलाई सम्बोधन गर्दै उनलाई मिराकल्स वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको पनि प्रमाणपत्र प्रदान गरिएको छ  ।
डी. आरको उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही महिना अघि राष्ट्रिय नाचघर, जमलमा गरिएको थियो  ।
एल्बममा समावेश भएका ४० भन्दा बढी गीतमा सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’ र बुलु मुकारुङको सङ्गीत रहेको छ भने देशका प्रायः ख्यातिप्राप्त सबै गायक–गायिकाहरुको स्वर रहेको छ ।
उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।
पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आरका गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो । ती कृतिहरुको लोकार्पण नेपाल बाहिर सिक्किममा समेत गरिएको थियो ।

‘चुपचाप छौ तिमी....’
काठमाडौं– गीतकार तथा गजलकार सुदन डोटेलद्वारा रचना गरिएको नया“ गजलको संग्रह ‘चुपचाप छौ तिमी....’ काठमाडौंमा लोकार्पण गरिएको छ । वरिष्ठ संगीतकार शक्ति बल्लभ, संगीतकार राजु सिंह, गायक आनन्द कार्की, गायक सीताराम पोखरेलसहितका व्यक्तिले उक्त संग्रह लोकार्पण गरेका हुन् ।
विमोचित ‘चुपचाप छौ तिमी...’ मा गायक आनन्द कार्कीको स्वर छ । सरोज प्याकुरेलद्वारा संगीतबद्ध उक्त गजललाई मनोहर सुनामले एरेञ्ज गरेका हुन् । भोला पौडेलले उक्त गजललाई रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् ।
समारोहमा उक्त गजलको म्युजिक भिडियो पनि प्रिमियर गरियो । संगीतकार प्याकुरेलकै निर्देश्ँनमा बनेको गजलमा अभिनेता श्रीदेव भट्टराई तथा अभिनेत्री सारिका घिमिरेले अभिनय गरेका छन् । भिडियोमा गायक आनन्द कार्की गजलकारकै रुपमा प्रस्तुत भएका छन् ।  गजल गायनकै शैलीमा तयार पारिएको उक्त भिडियोमा गीतकार सुदन डोटेलसहित अमुल अर्याल, रमेश भुर्तेल, यमुना अर्याल, मनु डोटेल, बिकास प्याकुरेल, भोला पौडेल, राज पाण्डे, हरि अधिकारी, धर्म न्यौपाने, अंकिता अधिकारी, अमित अर्याल, सुधांम्सु डोटेल आदि कलाकारले पनि अभिनय गरेका छन् ।

‘बन फूल’
काठमाडौँ –गायक तथा संगीतकार रामजी खाँणको नयाँ गीत ‘बन फुल’ सार्वजनिक भएको छ । सुजन लम्सालको शब्द रचना गरिएको उक्त गीतमा गायक खाँण र शिला गुरुङको आवाज रहेको छ । गीतमा खाँण आफैले संगीत गरेका छन् । कृष्ण बिकको संगीत संयोजन रहेको गीतलाई निर्देशक शिव बिकले निर्देशन गरेका हुन् भने नवराज उप्रेतीको छायांकन रहेको छ ।
भिडियोमा रामजी खाँण र छुल्टिम गुरुङको दमदार अभिनय देख्न सकिन्छ । बिकाश ज्ञवालीले सम्पादन रहेको छ । छोटो समयमा नै गीतले चर्चा बटुल्न सफल भएको छ ।

‘तिम्रो याद’ 

काठमाडौं –गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको निकै मार्मिक गीत ‘तिम्रो याद’ गीतको भिडियो सार्वजनिक भएको छ । भुबन चाम्लिङ राईको शब्द, डि आर अटुको संगीतमा रहेको गीतको म्युजिक भिडियोमा आफुलाई माया गर्ने मायालुको याद निकै आएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । 
मनभरी आफनो मायालुको याद आएको कुरालाई गीतमा पोखिएको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका हुन् । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ । 

‘पशुपतिमा सुनैको गजुर’
काठमाडौ – चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता दिलिप रायमाझीले पहिलो पटक एकसाथ अभिनय गरेको नयाँ भिडियो ‘पशुपतिमा सुनैको गजुर’ सार्वजनिक भएको छ । 
दुर्गा खनाल घिमिरेले लेखेको यो गीतमा प्रताप दास र मेलिना राईले स्वर दिएका छन् । वसन्त सापकोटाको संगीतमा तयार भएको गीतको भिडियो चाहिँ भोजपुरी फिल्ममा एक्सन निर्देशनबाट नाम कमाएका चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

‘मेरो याद तिमीलाई’
काठमाडौं –गायिका टिका प्रसाई र गायक राज पौडेलको स्वरमा रहेको गीत मेरो यादको भिडियो सार्वजनिक भएको छ । गोत्र इन्टरटेनमेन्टको प्रस्तुतीमा राज पौडेलको पहिलो एल्बम ‘मेरो याद तिमीलाई’मा समावेश उक्त गीतमा उमेश रेग्मीको शब्द संगीत रहेको छ । सुनिल क्षेत्रीको कोरियोग्राफीमा ज्ञानेन्द्र शर्माको छायांकन, बिकास ज्ञवालीको सम्पादन रहेको सार्वजनिक भिडियोमा नायक निराजन प्रधान, अलिशा शर्मा, कबिता नेपाली, सुनिल क्षेत्री लगायत फिचर्ड छन् ।
सुनशरी इनरुवाका स्थाई बासिन्दा रेग्मी हाल अमेरिकामा बसोवास गर्दै आएका छन् । उनको शब्द संगीतमा नेपालका चर्चित गायक गायिकाहरु दीप श्रेष्ठ, रामकृष्ण ढकाल, विश्व नेपाली, बानीका प्रधान, आनन्द कार्की लगायतले गीत गाइसकेका छन् । नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर अगाडि बढ्ने सोचका साथ पहिलो एल्बम लिएर दर्शक श्रोता माझ आएको रेग्मी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप