मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सोनम कपुरलाई ‘फ्लप’ नायिका भनियो, थाहा पाउनुुस् कस्तो जवाफ दिइन्

बुधबार, ०४ वैशाख २०७६, ०८ : २१
बुधबार, ०४ वैशाख २०७६

सोसल मिडियामा सेलिब्रिटी ट्रोल हुनु सामान्य कुरा  हो । सोनम कपुरलाई पनि मानिसहरुले बारम्बार ट्रोल गरिरहन्छन्, कहिले उनको फेशनका लागि भने कहिले विचारका लागि । हालै उनी अरबाज खानको च्याट शोमा पाहुनाको रुपमा पुगिन् । यो मौकामा उनले ट्रोलरद्वारा गरिएको कमेन्टमा प्रतिक्रिया दिइन् ।

अरबाज खानको कार्यक्रम पिन्चमा सोनमले एक व्यक्तिको कमेन्ट पढे । कमेन्टमा उनलाई फ्लप नायिका बताइएको थियो । यसबारे जवाफ दिँदै उनले भनिन्, ‘मलाई थाहा छैन कि मेरो अन्तिम फ्लप फिल्म के थियो । तर मलाई यस्तो लाग्छ कि आजभन्दा सात वर्ष अघि मेरा यस्ता फिल्म निकै कम थिए जसबारे धेरै कुरा गर्न सकियोस् । तर सन् २०१३ मा रांझना फिल्म साइन गरेपछि मैले स्क्रिप्टमा ध्यान दिन सुरु गरेँ । त्यसपछिका मेरा धेरैजसो फिल्मले राम्रै प्रतिक्रिया पाइरहेको छ । मेरो फिल्म वा अभिनयबारे नकारात्मक प्रतिक्रिया दिएकोबारे त मलाई याद नै छैन ।’

सोनमले थपिन्, ‘भारतमात्र होइन संसारभरीकै स्थिती ठिक छैन । जीवन निकै दुःखी छ । सबैले एकअर्कालाई पछाडि धकेल्ने कोसिस गरिरहेका छन् । जो मानिस जीवनमा केही पाउने चेष्टा गर्छन् वा केही पाइसकेका छन् भने मानिसहरु उनको डाहा गर्न थाल्छन् । आफ्नो अगाडिको मान्छेको राम्रो गरिरहेको छ भने धेरैलाई त्यो कुरा पच्दैन ।’

सोनम थप्छिन्, ‘सुरुमा मलाई यस्ता कमेन्टले निकै दुःखी तुल्याउँथ्यो तर अब मलाई यसले खासै असर पुर्याउँदैन । ट्वीटरमा मेरा धेरै फलोअर हुनुहुन्छ । म कुनै एक व्यक्तिको कमेन्टलाई त्यति सिरियसली लिन सक्दिनँ । म प्रार्थना गर्ने कुरामा विश्वास गर्छु र यो प्रार्थना गर्छु कि समाजमा नकारात्मकजस्ता कुरा हटेर जाओस् । मलाई यो कुरा विश्वास छ कि घृणा गर्ने व्यक्तिमा प्रेम पनि लुकेको हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप