गृहमन्त्री राजनाथ सिंहद्वारा लखनउमा उम्मेदवारी दर्ता
लखनउ । आफ्ना समर्थकहरूको ठूलो भिडसहित भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले मङ्गलबार उम्मेदवारी दर्ता गराएका छन् ।
उत्तर प्रदेशअन्तर्गत पर्ने लखनउ निर्वाचन क्षेत्रबाट उनले लोकसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउनु अघि उनले हनुमान सेतु मन्दिरमा आफ्ना समर्थकहरूलाई सम्वोधन गरेका थिए ।
उम्मेदवारी दर्ता गराउने कार्यालयदेखि झण्डै ६ किलोमिटर टाढासम्म उनका समर्थकहरूको ¥याली रहेको थियो ।
लखनउबाट ६७ वर्षीय नेता सिंहले अहिले दोस्रो पटक उम्मेदवारी दिएका हुन् । उनले यसअघि सन् २०१४ मा प्रमुख प्रतिस्पर्धी काँग्रेसका उम्मेदवारभन्दा सबैभन्दा धेरै फरक मतान्तरले जित हासिल गरेका थिए ।
भारतीय जनता पार्टी (भाजपा)का नेता सिंहसँग त्यतिबेला काँग्रेसका रिता बहुगुना जोशीले प्रतिस्पर्धा गरेका थिए । उनी अहिले सिंहकै पार्टी भाजपामा छन् भने प्रदेश सरकारको मन्त्री पनि छन् ।
लखनउ निर्वाचन क्षेत्रलाई भारतीय जनता पार्टी (भाजपा)को प्रतिष्ठाको निर्वाचन क्षेत्रका रूपमा पनि हेरिन्छ ।
यो निर्वाचन क्षेत्रबाट एक पटक पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीले पनि उम्मेदवारी दिएका थिए ।
भारतमा यही अप्रिल ११ देखि शुरु भएको लोकसभा निर्वाचन आउँदो मे १९ तारिखसम्म चल्ने भएको छ । निर्वाचन सात चरणमा हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा