भारतमा लोकसभा निर्वाचन: समाजवादी पार्टीमा प्रवेश गरेलगत्तै शत्रुघ्नकी पत्नीले पाइन् आधा घण्टामै टिकट
मङ्गलबार, ०३ वैशाख २०७६, १८ : ०५
एजेन्सी– काँग्रेस नेता शत्रुघ्न सिन्हाकी पत्नी पूनम सिन्हा मंगलबार समाजवादी पार्टीमा प्रवेश भइन् । उनले पार्टी अध्यक्ष अखिलेश यादवको पत्नी डिम्पलको उपस्थितिमा पार्टी सदस्यता लिइन् । उनी लखनउ सीटबाट भाजपा उमेद्वार तथा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहविरुद्ध लड्दै छिन् ।
पूनमले अप्रिल १८ मा नामाकरण गर्दैछिन् । समाजवादी पार्टीले भाजपाका केन्द्रीय गृहमन्त्रीलाई हराउनको लागि काँग्रेसलाई यस सीटमा उमेद्वार नउतार्न आह्वान पनि गरेको छ ।
यसभन्दा अघि राजनाथ सिंहले सडक र्याली निकालेर उमेद्वारी नामकरण गरिसकेका छन् । केही पहिले पटना साहेबबाट भाजपा सांसद रहेका शत्रुघ्नले पनि भाजपा छाडेर काँग्रेस प्रवेश गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
-
विभिन्न स्थानमा तीन जना मृत फेला
-
नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना
-
अवैध लागू औषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
-
जापानी चिडियाखानामा ७ वर्षदेखि भाले ठानिएको हिप्पो पोथी निस्किएपछि...
-
आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : पूर्वप्रधानमन्त्री खनाल