समातिए नख्खु बमकाण्डका मुख्य योजनाकार
मङ्गलबार, ०३ वैशाख २०७६, १७ : १८

काठमाडौं । प्रहरीले ललितपुरको नख्खुम भएको बम विस्फोटको घटनामा संलग्न मुख्य योजनाकारलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाका वीर बहादुर कठायतलाई पक्राउ गरेको हो ।
अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार विप्लव नेतृत्वको नेकपाका सदस्य समेत रहेका कठायतलाई सुन्धाराबाट पक्राउ गरिएको हो ।
२०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो भने २ जना गम्भीर घाइते भएका थिए ।
नख्खु बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । २ जना अझैं फरार रहेका छन् ।
यस्तै फागुन १४ गते बसुन्धारास्थित नेपाल वैदेशिक रोजगार महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम राख्ने पनि कठायत रहेको प्रहरी अनुसनधानमा खुलेको एसपी राठौरले बताए ।
सो विस्फोटमा परी ३ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को अवरोध खोल्न जुटेन सभामुख र तीन दलका प्रमुख सचेतकबिच जुटेन सहमति
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिको प्रदर्शन
-
सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु
-
मस्तिष्क ट्युमरबाट बच्ने ६ उपाय
-
सुनकोसीमा डुबेर एकजनाको मृत्यु
-
सभामुख घिमिरले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने