समातिए नख्खु बमकाण्डका मुख्य योजनाकार
मङ्गलबार, ०३ वैशाख २०७६, १७ : १८
काठमाडौं । प्रहरीले ललितपुरको नख्खुम भएको बम विस्फोटको घटनामा संलग्न मुख्य योजनाकारलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले जुम्लाका वीर बहादुर कठायतलाई पक्राउ गरेको हो ।
अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार विप्लव नेतृत्वको नेकपाका सदस्य समेत रहेका कठायतलाई सुन्धाराबाट पक्राउ गरिएको हो ।
२०७५ फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय नजिकै बम विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो भने २ जना गम्भीर घाइते भएका थिए ।
नख्खु बम विस्फोटमा संलग्न ८ जनामध्ये ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । २ जना अझैं फरार रहेका छन् ।
यस्तै फागुन १४ गते बसुन्धारास्थित नेपाल वैदेशिक रोजगार महासंघका अध्यक्ष रोहन गुरुङको घरमा बम राख्ने पनि कठायत रहेको प्रहरी अनुसनधानमा खुलेको एसपी राठौरले बताए ।
सो विस्फोटमा परी ३ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण