शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कामना सेवाकोे ८२ औं शाखा धरानमा

मङ्गलबार, ०३ वैशाख २०७६, १६ : ४९
मङ्गलबार, ०३ वैशाख २०७६

धरान– कामना सेवा विकास बैंक लिमिटेडले ८२ औं शाखा सुनसरीको धरानमा संचालनमा ल्याएको छ ।

आफ्नो सेवा विस्तारको क्रममा सुनसरीको धरान उपमहानगरपालिका ६ स्थित छाता चोकमा आफ्नो ८२ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो । शाखाको बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राईले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरे ।

सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिधरी सापकोटाको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेश प्रमुख राईले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं १ मा यो सँगै ६ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप