शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब अरिजित सिंहले ‘कलंक’ को एउटै गीतलाई १२ सय पटक गाए

मङ्गलबार, ०३ वैशाख २०७६, १२ : ५६
मङ्गलबार, ०३ वैशाख २०७६

आजकाल करण जोहरको नयाँ मल्टी स्टारर ‘कलंक’ को लागि फिल्मी उद्योग तात्तिएको छ । फिल्मको चर्चाको विषयलाई कायम राख्नका लागि निकै ध्यान पुर्याइएको छ । ट्रेलर–टिजरपछि गीत र कलाकारको बयान । प्रोमोशनमा व्यस्त नायक–नायिका फिल्मसँग सम्बन्धित केही मज्जाको कुरा सेयर गरिरहेका छन् । जस्तै हालै वरुण धवनले फिल्मको टाइटल गीत १२ सय पटक गाएपछि मात्र रेकर्ड गरिएको जानकारी दिएका छन् । यो गीत गाएका छन् अरिजित सिंहले ।

वरुणका अनुसार ‘कलंक नही इश्क हे’ बोलको गीत अरिजितले आफ्नो मर्जीले १२ सय पटक गाएका हुन् । उनले भने, ‘अरिजितलाई हरेक पटक गीत गाउँदा केही अभाव भएको जस्तो महसस हुन्थ्यो । यसै चक्करमा उनले यो गीतलाई १२ सय पटक पाए । यसले अरिजितको कामप्रति आफ्नो लगाव र समर्पण बताउँछ । सायद यसैकारण उनी भारतका सबैभन्दा चर्चित गायकमध्येका एक हुन् ।’

आलिया आफ्नो भूमिकाका लागि पाकिस्तानी सिरियल हेरेकी थिइन्:

आलिया भट्टले हिन्दी र अंग्रेजी मिसाएर बोल्ने भएकाले आफ्नो हिन्दी त्यति स्पष्ट नभएको बताइन् । तर कलंकमा उनले उर्दूमा कुरा गर्नु थियो । उनका निर्देशकले ‘मुगल–ए–आजम’ र ‘उमराव जान’ जस्ता फिल्म हेर्न सल्लाह दिए ता कि ग्रेस र बडी ल्याङ्वेजजस्ता कुरा सिक्न सहूलियत होस् । अलियाले यसका लागि पाकिस्तानी सिरियल ‘जिन्दगी गुलजार हे’ हेरेको जानकारी दिइन् । फिल्ममा ‘रुप’ को भूमिका थुप्रै तरिकाले सिरियलको मुख्य नायिकासँग मेल खाने निर्माण पक्षले बताएको छ । ‘जिन्दगी गुलजार हे’ मा सनम सइद नामकी पाकिस्तानी नायिकाले यो भूमिका निर्वाह गरेकी थिइन् । उनले यसबारे खबर पाउने बित्तिकै ट्वीटरमा खुसी व्यक्त गरेकी छिन् । सनमले लेखिन्, ‘यदि यो खबर फर्जी होइन भने आलियाको यो कुराले मलाई निकै खुसी दिएको छ । साथै फिल्मका लागि धेरैभन्दा धेरै शुभकामना ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप