घरघरमा खानेपानीको धारा पुगेपछि स्थानीय हर्सित
गुल्मी–सदियौंदेखि खानेपानीको विकराल समस्या भोग्दै आएका गुल्मीको मुसिकोटा नगरपालिका–साबिक बडागाउँ गाविसको ठुलापोखरावासीले यति वेला घर घरमाा पानीधाराको सुविधा उपभोग गर्न पाएका छन् ।
करिव ६५ लाख लागतमा वेदपानी ठूलापोखरा लिफ्ट सिस्टम खानेपानी योजना सम्पन्न भए पछि त्यहाँ ४५ घरधुरीका घरघरमा खानेपानी धारा पुगेको हो ।
उक्त योजनाको मंगलवार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्वोधन गर्दै स्थानीयवासी आफैले श्रम गरेर यति छिटो गाउँमा खानेपानी ल्याउन सफल भएको प्रति धन्यवाद थिए ।
उनले ‘एक घर एक धारा’, ‘घरघरमा उज्यालो’ र ‘खरको छानारहित घर’ निर्माण अभियान अबको केही समय भित्रै सफल पार्ने उद्घोष पनि गरे ।
नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नमुनाका रुपमा ठुलापोखरावासीले योजना सम्पन्न गरेकोमा नगरपालिका र अन्य गाउँका उपभोक्ताहरुलाई समेत उत्प्रेरणा जगाएको बताए ।
उनले नगरपालिकाले ७० प्रतिशत रकम उपलब्ध गराएको र बाँकी ३० प्रतिशत जनता आफैले श्रम गरेर ६५ दिन पानी गाउँमा ल्याएको बताए ।
पश्चिम नेपाल ग्रामिण सरसफाई तथा खानेपानी योजना ( वास ) मुसिकोटकी संयाजक सिता भुसालले खोलापानी धरमपानी लिफ्ट खानेपानी योजना सम्पन्न हुँदा मैदना सम्मका २ सय ५३ घरधुरी लाभन्वित हुने बताइन् । त्यस्तै सोही वडाको नौघाट खानेपानी योजनाबाट २२ घरधुरी , अमलडाँडा खानेपानी योजनाबाट १ सय ६८ घरधुरी र सोही वडाको अमलडाँडा पेंगा खानीपानी योजनाबाट २ सय १२ घरधुरी लाभान्वित हुने भुसालले जानकरी दिइन् ।
यसअघि यो ठाउँमा पानीको समस्या हुँदा बसाइसराइ दर बढेको थियो भने केटा पक्षले बिबाहका लागि केटी नपाउने समेत समस्या थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, भोलि दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ
-
महाकाली नदीको बहाब एकाएक बढ्यो, १४ वटा ट्र्याक्टरसहित मजदुर थुनिए
-
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा