रेणुले भनिन्–दोश्रो पटक हालेको मतले सुखद भविष्य निर्माण हुन्छ
चितवन– चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुन मतदान गर्नु रहर नभई बाध्यता भएको कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले प्रतिक्रिया दिएकी छिन् । दाहालले जनताको दोश्रो पटकको मतदानमा पनि उत्साहजनक सहभागीता रहेको र सकारात्मक परिणाम आउने विश्वास बढेको पनि बताइन् । भरतपुर महानगरको शारदा मावी मतदान केन्द्रमा अवलोकन गर्न पुगेकी उनले झरीका बिच पनि जनताले उत्साहजनक रुपमा मतदान गरिरहेको बताइन् ।
उनले भनिन्– दोश्रो पटक चुनाव गर्नु सबैका लागि खुसीको कुरा त होइन, कसैलाई रहर पनि थिएन । यो परिस्थितिको उपज थियो । दोश्रो पटक मतदान गर्न जनतालाई कठिनाई भएपनि भोलीको दिन सुखद हुनेछ । पुन मतदान हुनु चुनौतिपूर्ण रहेको र यो अवसर पनि रहेको उनले प्रतिक्रिया दिइन् ।
३३ प्रतिशत मत खस्यो
बिहान केहीबेर झरीले मतदातालाई अवरोध गरेपनि १० बजेपछि पानी रोकिएको छ ।यद्यपी मौसम सफा भएका बेला मतदान केन्द्रमा कम मतदाता देखिएका छन् । निर्वाचन आयोगका अनुसार यहाँका ३ मतदान केन्द्रमा बिहान १०ः३० बजेसम्म ३३ प्रतिशत मतदान भएको छ । मतदान शान्तिपूर्ण रुपमा चलिरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा
-
दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा