शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुमारी बैंक पुरस्कृत

सोमबार, ०२ वैशाख २०७६, १९ : ३९
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं– हालै भारतको मैसुरमा सम्पन्न भएको Infosys Finacle Client Innovation Award 2019  मा कुमारी बैंक लिमिटेड पुरस्कृत भएको छ । यसरी Infosys Finacle बाट सम्मानित हुनेमा अहिलेसम्म कुमारी बैंक पहिलो नेपाली बैंक हो ।

आफ्नो कोर बैंकिङ्ग सफ्टवेयर जम्मा ४.५ महिनाको छोटो अवधिमा फिनाकल भर्सन १० मा माइग्रेशन प्रक्रिया सम्पन्न गरेकोमा कुमारी बैंक उक्त अवार्डले सम्मानित भएको हो । प्राविधिक रुपान्तरण, सही प्रयोग तथा श्रीजनशीलता जस्ता बुंदाहरुलाई आधार मानेर उक्त अवार्ड दिने गरिन्छ । 

अन्तर्राष्ट्रिय मञ्चमा नविन बैंकिङ्ग प्रविधिमा प्रतिष्ठित मानिने उक्त अवार्डले सम्मानित भएपश्चात् आगामी दिनमा अझ आधुनिक एवं प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ । यसरी नै नेपाली बैंकहरुमा भएको क्षमता र सम्भावनालाई पनि आगामी दिनहरुका लागी उजागर गर्न सकिन्छ भन्नेमा बैंक विश्वस्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप