शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थलबाट अवैध नगदसहित पोल्याण्डका २ जना पक्राउ

सोमबार, ०२ वैशाख २०७६, १७ : ०२
सोमबार, ०२ वैशाख २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अवैध नगदसहित २ जनालाई पक्राउ गरेको छ । विहान ८ बजे बजे एयरवेजको उडानद्धारा स्वदेश फर्किन लागेका पोल्याण्डका Maksy Milikn Weglowski र Aakuv Stecki लाई पक्राउ गरेको हो ।

Maksy Milikn Weglowski को साथबाट १३ हजार ६ सय डलर , ५ हजार २ सय युरो र ५८ हजार नेपाली रूपैयाँ र  Aakuv Stecki को साथबाट ६ हजार १ सय डलर र ५ हजार युरोसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको होल ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको विमानस्थलका एसपी कृष्ण कोइरालाले जानकारी दिए । 

पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप