शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नदीमा बगेका वृद्ध मृतावस्थामा फेला

शुक्रबार, २० साउन २०७४, ११ : १३
शुक्रबार, २० साउन २०७४

कञ्चनपुर - बाढी आएको चौधर नदी तर्ने क्रममा बगेर बेपत्ता भएका कञ्चनपुरको बेदकोट नगरपालिका–५ धर्मपुरका अन्दाजी ७२ वर्षीय साधुराम खुनाको शव आज बिहान फेला परेको छ । बिहीबार साँझ घरतर्फ जानका लागि नदी तर्ने क्रममा खुना बगेर बेपत्ता भएका थिए । 

खोजतलासमा जुटेको प्रहरी चौकी सिसैयाका प्रहरी हबल्दार दलसिं बोहराको टोलीले आज बिहान ६ बजे बगेको स्थानभन्दा २०० मिटर पर बगरमा खुनालाई मृतावस्थामा फेला पारेको छ । 

उनको शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल लैजाने तयारी भइरहेको प्रहरी चौकी सिसैयाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप