शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतका समाजवादी पार्टीका उम्मेद्वारले महिला प्रतिद्वन्द्वीको ‘अण्डरवेयर’ को रङमाथि टिप्पणी गरेपछि....

सोमबार, ०२ वैशाख २०७६, १२ : ५३
सोमबार, ०२ वैशाख २०७६

भारतको समाजवादी पार्टीका दिग्गज एवं रामपुरका उम्मेद्वार आजम खानको बयानमा विवाद बढेको छ । भारतीय जनता पार्टी (बिजेपी) नेता जया प्रदाको विषयमा उनीद्वारा गरिएको अमर्यादित टिप्पणीमाथि मुद्दा दर्ता भएको छ । आजमको बयानमा संज्ञान लिँदै क्षेत्रीय मजिस्ट्रेटले उनीविरुद्ध मुद्दा दर्ता गरेको छ । आजम खानको बयानको चारैतर्फ भर्त्सना भइरहेको छ ।

आजम खानले आफ्नी प्रतिद्वन्द्वी बिजेपी प्रत्याशी जया प्रदाको विषयमा व्यक्तिगत टिप्पणी गरेका थिए । आजमको यस्तो टिप्पणीपछि जया प्रदाको टिप्पणी आएको छ । उनले भनेकी छिन्, ‘आजम खानले जुन शब्द मेरा लागि प्रयोग गरेका छन् त्यो म आफैं भन्न सक्दिनँ न नै भन्न चाहन्छु । यी व्यक्ति सुध्रने किसिमका छैनन् । यसपटक त उनले हद नै पार गरेका छन् ।’

महिलाको विषयमा यस्तो टिप्पणी गर्ने आजम खानलाई जया प्रदाले सोधेकी छिन्, ‘के उनको घरमा आमा वा छोरी–बुहारी छैनन् ? के आजमले आफ्ना घरका महिलाका  लागि पनि यस्तै बयान दिन्छन् ? ’

यस्तो भन्दै जया प्रदाले आजम खानसँग आफ्नो सबै सम्बन्ध समाप्त भएको घोषणासमेत गरिन् ।

उनले भनिन्, ‘यसपटक त आजम खानले हद पार गरेका छन् । अब उनीसँग मेरो कुनै सम्बन्ध छैन । उनले जस्तो व्यवहार गरिरहेका छन्, रामपुरका जनताले उनलाई माफी दिने छैनन् ।’

के म मरुँ ?

जया प्रदाले आजमको बयानमा प्रतिक्रिया दिँदै भनिन्, ‘के म मरुँ, मैले यति गर्दा तपाईंलाई आनन्द हुन्छ ?’

जया प्रदाले आफू यस्तो टिप्पणीले नडाराउने भन्दै आफू रामपुरबाट नजाने स्पष्टिकरण दिइन् । उनले आजम खानलाई चेतावनी दिँदै भनिन्, ‘आजम खान तिमीलाई म जसरी पनि हराउनेछु र देखाउनेछु कि जया प्रदा को हुन् ।’

जया प्रदाको यो रिस आजम खानको त्यो टिप्पणी पछि आएको हो जसमा उनले जया प्रदालाई निशाना बनाउँदै भनेका थिए, ‘जसलाई मैले औंला समातेर रामपुर ल्याएँ, तपाईंहरुले १० वर्ष जसमार्फत् प्रतिनिधित्व गराउनुभयो.... उनको वास्तविकता बुझ्न तपाईंलाई १७ वर्ष लाग्यो, मैले १७ दिनमा थाहा पाएँ कि उनको ‘अण्डरवेयर’ खाकी रंगको छ ।’

आजम खानको यसै बयानको चौतर्फी आलोचना भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप