मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

बागलुङमा पहिरोले पुरिएर एकको मृत्यु, ६ जना बेपत्ता

शुक्रबार, २० साउन २०७४, १० : ५८
शुक्रबार, २० साउन २०७४

बागलुङ– दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोले पुरिएर बागलुङमा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।


ढोरपाटन नगरपालिका वडा नं ५ साविक अधिकारीचौर गाविस वडा नं– ८ पाखापानीमा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको हो । त्यस्तै पहिरोले स्थानीय होमबहादुर विश्वकर्माको घर पुरिदा ५५ बर्षीय घरधनी विश्वकर्मा बेपत्ता भएका छन् । आज बिहान झण्डै चार बजेको समयमा घरमाथिबाट पहिरो खसेको थियो । 


ईलाका प्रहरी कार्यलय बुर्तिबाङको उद्धार टोली अहिले घटनास्थल पुगेको छ । त्यस्तै निसिखोला गाउँपालिका वडा नम्बर २ बाहुनगाउमा खसेको पहिरोले घर पुर्दा मनिमान छन्त्याल उनकी श्रीमती, बुहारी र कान्छी छोरी बेपत्ता भएका छन् । उता,  निसिखोला १ देविस्थानका लालबहादुर सिँजालीको घर पहिरोले बगाउँदा एक जना बेपत्ता भएका छन् ।


यसैगरी निसीखोला २ उपल्लो बेग्रेका लालसिँह विकको घर पनि पहिरोले पुरेको छ भने मालमेला भन्ने ठाउँका प्रेम विकको घर बगाउदा परिवार विस्थापित बनेको झिवाखोला प्रहरी चौकीका प्रनानि रिनबहादुर बैदवारले जानकारी दिएका छन् । त्यस्तै निसीखोला  गाउँपालिका वडा नं– ४ मा रहेको निसिखोला दोस्रो लघु जलविद्युत आयोजनाको मुहान खोलाले बगाउँदा १ हजार ६५ घरधुरीका उपभोत्ताहरु अँध्यारोमा बस्न बाध्य भएका छन् ।

बिद्युत अवरोध हुदा त्यहाँका एक दर्जन भन्दा बढी फर्निचर, ग्रील उद्योग लगाएतका घरेलु उद्योगहरु ठप्प भएका छन् । यसैवीच, निसीखोला किनारमा रहेको देविस्थान स्वास्थ्य चौकी बाढीको उच्च जोखिममा परेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप

छुटाउनुभयो कि ?