ब्रिटिश शासनको सबैभन्दा नृसंश ‘हत्याकाण्ड’को सय वर्षः माफी माग्नुपर्ने भारतको माग
एजेन्सी– सय वर्षअघि सन् १९१९ अप्रिल १३ को दिन ती समय भारतमा शासन गरिरहेको ब्रिटिश सेनाले अमृतसरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरुमाथि गोली वर्षाए । प्रदर्शनकारीहरु शान्तिपूर्ण विरोध गरिरहेका थिए । तिनमाथि ब्रिटिश फौजले चेतावनी समेत नदिई गोली वर्षाउन थाले ।
उक्त प्रदर्शनमा हजारौंको सहभागिता भएकाले हताहती पनि उलेख्य भयो । घटनामा परेर मर्नेमा महिला, पुरुषको अतिरिक्त बालबालिकाहरु समेतको ज्यान गयो । हत्याकाण्डको सयौं औं वार्षिकीमा भारतीय अधिकारीले ब्रिटिश सरकारबाट स्पष्ट रुपमा क्षमा मागिनुपर्ने माग गरेका छन् ।
वर्तमान ब्रिटिश प्रधानमन्त्री थेरेसा मेले बुधबार ब्रिटिस संसदको नियमित सवालजवाफ सेसनमा जलियाँवाला वाग हत्याकाण्डलाई ‘ब्रिटिश–भारतीय इतिहासमा लज्जास्पद धब्बा’ बताइन् । थेरेसा मेको भनाईमा प्रतिक्रिया दिदैं मोदी सरकारको एक मन्त्री हरसिम्रत कौर बादलले मेको टिप्पणी हल्का भएको भन्दै पूर्ण क्षमायाचनाको माग गरेकी थिइन् ।
‘ब्रिटिश प्रधानमन्त्री थेरेसा मेले जलियाँवाला वाग हत्याकाण्डलाई ब्रिटिश-भारतीय इतिहासको ‘लाजमर्दो कार्य’ भन्नेर मात्र पुग्दैन, स्पष्ट शब्दमा क्षमायाचना आउनुपर्छ,’ उनले ट्वीट गरेकी छिन् । भारतको लागि ब्रिटिश हाई कमिसनर डोमिनिक अस्कीथ शनिवारको सतवार्षिकी शोकसभा सहभागी थिइन् । उनले सञ्चारकर्मीसँग बोल्ने क्रममा भनिन् ,‘सक्थ्यौं भने त हामी इतिहास पुनरलेखन गथ्यौं होला तर सकिदैन ।’
‘जलियाँवाला वाग हत्याकाण्ड’लाई भारतमा ब्रिटिश शासन रहँदा बखतको सबैभन्दा नृशंस कार्यमध्ये एक मानिन्छ । सो हत्याकाण्डमा हताहतीको तथ्याँक लिएर फरक–फरक आँकडा रहेको भए पनि हत्याकाण्डलगतै गठन भएको एक ब्रिटिश समितिले जारी गरेको एक रिपोर्टमा ४ सय जनाको मृत्यु भएको र १२ सयदेखि १६ सयसम्म घाइते भएको उल्लेख गरेको थियो ।
भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी पञ्जाव राज्य प्रमुख अमरिन्दर सिंहसँगै शनिबारको फुल गुच्छा चढाउने समारोहमा सहभागी भए । त्यस्तै तमिल नाडूको भ्रमणमा रहेका पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि तमिल नाडूबाटै हत्याकाण्डका सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गरे ।
ट्वीट गर्दै मोदीले लेखेका छन्, ‘तिनको सौर्य र बलिदान कहिले पनि बिर्सिने छैन । तिनको स्मरण मात्रले पनि हामीलाई तिनले गर्व गर्न सकिने खालको कडा मेहनत गराउन प्रेरित गर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी
-
सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व
-
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो