शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्रिटिश शासनको सबैभन्दा नृसंश ‘हत्याकाण्ड’को सय वर्षः माफी माग्नुपर्ने भारतको माग

आइतबार, ०१ वैशाख २०७६, १७ : २५
आइतबार, ०१ वैशाख २०७६

एजेन्सी– सय वर्षअघि सन् १९१९ अप्रिल १३ को दिन ती समय भारतमा शासन गरिरहेको ब्रिटिश सेनाले अमृतसरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरुमाथि गोली वर्षाए ।  प्रदर्शनकारीहरु शान्तिपूर्ण विरोध गरिरहेका थिए । तिनमाथि ब्रिटिश फौजले चेतावनी समेत नदिई गोली वर्षाउन थाले । 

उक्त प्रदर्शनमा हजारौंको सहभागिता भएकाले हताहती पनि उलेख्य भयो । घटनामा परेर मर्नेमा महिला, पुरुषको अतिरिक्त बालबालिकाहरु समेतको ज्यान गयो । हत्याकाण्डको सयौं औं वार्षिकीमा भारतीय अधिकारीले ब्रिटिश सरकारबाट स्पष्ट रुपमा क्षमा मागिनुपर्ने माग गरेका छन् । 

वर्तमान ब्रिटिश प्रधानमन्त्री थेरेसा मेले बुधबार ब्रिटिस संसदको नियमित सवालजवाफ सेसनमा जलियाँवाला वाग हत्याकाण्डलाई ‘ब्रिटिश–भारतीय इतिहासमा लज्जास्पद धब्बा’ बताइन् । थेरेसा मेको भनाईमा प्रतिक्रिया दिदैं मोदी सरकारको एक मन्त्री हरसिम्रत कौर बादलले मेको टिप्पणी हल्का भएको भन्दै पूर्ण क्षमायाचनाको माग गरेकी थिइन् । 

‘ब्रिटिश प्रधानमन्त्री थेरेसा मेले जलियाँवाला वाग हत्याकाण्डलाई ब्रिटिश-भारतीय इतिहासको ‘लाजमर्दो कार्य’ भन्नेर मात्र पुग्दैन, स्पष्ट शब्दमा क्षमायाचना आउनुपर्छ,’ उनले ट्वीट गरेकी छिन् ।  भारतको लागि ब्रिटिश हाई कमिसनर डोमिनिक अस्कीथ शनिवारको सतवार्षिकी शोकसभा सहभागी थिइन् । उनले सञ्चारकर्मीसँग बोल्ने क्रममा भनिन् ,‘सक्थ्यौं भने त हामी इतिहास पुनरलेखन गथ्यौं होला तर सकिदैन ।’

‘जलियाँवाला वाग हत्याकाण्ड’लाई भारतमा ब्रिटिश शासन रहँदा बखतको सबैभन्दा नृशंस कार्यमध्ये एक मानिन्छ । सो हत्याकाण्डमा हताहतीको तथ्याँक लिएर फरक–फरक आँकडा रहेको भए पनि हत्याकाण्डलगतै गठन भएको एक ब्रिटिश समितिले जारी गरेको एक रिपोर्टमा ४ सय जनाको मृत्यु भएको र १२ सयदेखि १६ सयसम्म घाइते भएको उल्लेख गरेको थियो । 

भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी पञ्जाव राज्य प्रमुख अमरिन्दर सिंहसँगै शनिबारको फुल गुच्छा चढाउने समारोहमा सहभागी भए ।  त्यस्तै तमिल नाडूको भ्रमणमा रहेका पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि तमिल नाडूबाटै हत्याकाण्डका सहिदहरुप्रति श्रद्धान्जली व्यक्त गरे । 

ट्वीट गर्दै मोदीले लेखेका छन्, ‘तिनको सौर्य र बलिदान कहिले पनि बिर्सिने छैन । तिनको स्मरण मात्रले पनि हामीलाई तिनले गर्व गर्न सकिने खालको कडा मेहनत गराउन प्रेरित गर्छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप