शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फेसबुक, इन्स्ट्राग्राम र ह्वाट एप्स ‘डाउन’

आइतबार, ०१ वैशाख २०७६, १६ : ५१
आइतबार, ०१ वैशाख २०७६

काठमाडौं–चर्चित सामाजिक सञ्जाल फेसबुक नेपालसहित विश्वभर अवरुद्ध बनेको छ । ट्वीटर प्रयोगकर्ताहरुले फेसबुक अवरुद्ध भएको भन्दै स्कृनसटहरु पोस्ट गरिरहेका छन् । 

फेसबुककै स्वामित्वमा रहेको ह्वाट्स एप र इन्ट्राग्राममा पनि समस्या आएको समाचारहरुमा जनाइएको छ । 

नेपालमा पनि आइतबार दिउँसो साढे २ बजेतिरदेखि यो समस्या देखिएको छ । प्रयोगकर्ताहरुले फेसबुक खोल्ने प्रयास गरेपनि सफल नभएको जानकारी ट्वीटरमा गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप