स्वयम्भूका डीएसपीलाई ३ लाख ५० हजार घुस दिन खोज्ने तीन जना पक्राउ
आइतबार, ०१ वैशाख २०७६, १६ : २४
काठमाडौं– महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपीलाई घुस दिन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती डीएसपी सुधीर राज शाहीलाई घुस दिन खोज्ने सर्लाही हरिपुरका श्याम बिक, सुर्खेत हरिपुरकी दीपा राना र नुवाकोट ककनीका भरत तामाङ पक्राउ परेकाे प्रहरी उच्च स्रोतले रातोपाटीलाई जानकारी दियो ।
प्रहरीका अनुसार श्याम बा५ख ४८४२ बस चालक हुन् र उनी ३ लाख घुस बोकेर डीएसपी शाहीकहाँ पुगेका थिए ।
यस्तै दीपा थप ५० हजार नगद लिएर भरतसँगै जाँदा उनीहरुपनि पक्राउ परेका हुन् ।
झापाबाट काठमाडौं चल्ने बसमा अवैध कपडा ल्याउँदा प्रहरीले बरामद गरेको र सो छुटाउन उनीहरुले घुस दिन खोजेको बताइएको छ ।
बरामद कपडाको मूल्य ६० लाख बराबरको रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण