शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सल्हेस मन्दिरमा भारतीय भक्तजनहरुको भीड, तस्बिरमा हेर्नुहोस्

आइतबार, ०१ वैशाख २०७६, १३ : ४४
आइतबार, ०१ वैशाख २०७६

सिरहा– सिरहाको ऐतिहासिकस्थल राजा सल्हेसको मन्दिरमा लागेको मेलामा हजारौं दर्शालु भक्तजनहरुको भीड लागेको छ ।

सिरहाको लहान नगारपालिकामा पर्ने सल्हेस फूलबारीमा नयाँ वर्षको अवसरमा हरेक वर्ष मेला लाग्ने गर्दछ । मन्दिरमा नेपालीसहित हजारौं भारतीय भक्तजनको भीड लाग्ने गर्दछ । 

 दलित जातिमध्ये एक मात्र राजा मानिएका सल्हेसको इतिहास झल्किने योसहित सिरहाका विभिन्न ऐतिहासिक स्थलहरुमा परापूर्वकलादेखि राजा सल्हेसको सम्झनामा पूजा गर्न भक्तजनहरु आउने गरेको स्थानीय बृद्धहरुको भनाइ छ ।

प्रत्येक ऐतिहासिक तथा धार्मिक स्थलमा भएको राजा सल्हेसको मन्दिरमा दलित जातका मानिने राजा सल्हेसका सन्तती दुसाध (पासवान) जाती नै मन्दिरका पूजारी हुने भएकोले आजको दिन उप्पलो जातका मानिसहरु पनि उनीहरुको हातबाट प्रसाद ग्रहन गर्नु यस मेलाको प्रमुख बिशेषता रहेको छ । 

राजा सल्हेसले आपूm भन्दा उप्पलो जातका केटी तत्कालिन मोरंगका राजा हिनपैत मालीकी छोरी दानाबती मालीसंग विवाह गर्न पटक पटक अस्विकार गरेपछि दानाबतीले राजा सल्हेसको सम्झनामा बनाएको बगैचा अहिले सल्हेस फूबारीको नामबाट प्रचलित रहेको किंबदन्ती छ । 

अन्ततोगत्वा राजा सल्हेसले दानाबतीसंग विवाह गरेपछि तराईमा अन्तरजातीय विवाह शुरु भएको किंबदन्ती रहेको छ । 
राजा सल्हेसले आपूm भन्दा गरीब र मुस्हर जातका दिनाराम र भद्रीसंग मित्रता गरेदेखि विपन्नसंग मित्रता गर्नेसमेत परम्परा बसेको किंबदन्ति रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप