एनआरएनएको महासचिवमा खरेलले गरे उम्मेदवारी घोषणा
अमेरिका– गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिवमा डिला खरेलले उम्मेदवारी घोषणा गरेका छन् । वर्ष (२०१७—१९) का लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् । विगत १० वर्षदेखी एनआरएनए अष्ट्रेलियामा आवद्ध उनी एनआरएनएका वर्तमान कोषाध्यक्ष छन् ।
खरेलले फेसवुक मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै गैरआवासीय नेपाली अभियानले बोकेको उदेश्यहरुलाई मूर्त रुप दिन महासचिव पदमा उम्मेदवारी दिने बताएका छन् । संघ नामको आधारमा मात्रै नभई कामको आधारमा समेत चिनिनुपर्ने बताउंदै उनले स्थापनाकालदेखिका अग्रज र नयाँ पुस्तालाई साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।
खरेलले भनेका छन्, ‘संस्थामा नेतृत्व दिन सक्ने अनुभवी, लगनशील, वौद्धिक र उर्जाशील नेतृत्व आवश्यक छ त्यसका लागी मेरो उम्मेदवारी हो ।’ संघले घोषणा गरे अनुसारको र पाएको सबै जिम्मेबारी पुरा गरेको उनको दावी छ । उनले संस्थाको परिचय, समस्या पहिचान र संजालको निर्माणका १० वर्षवाट पाठ सिक्दै संघको संस्थागत बिकाससंगै गुणात्मक उपलब्धी हांसिल गर्ने समयको रुपमा उपयोग गर्नुपर्ने बताएका छन् ।
‘संघको स्थायित्व सम्बन्धि सबै योजनाहरुलाई कार्यान्वयनमा ल्याई संघलाई एक कदम अगाडि स्थापित गराउन आफु प्रतिबद्ध रहने,’ उनले भनेका छन् ।
उनले आर्थिक समुन्नतिको धरोहर प्रत्यक्ष वैदेशिक लगानीलाई भित्र्याउन आर्थिक कुटनीति तथा लगानी मैत्री वातावरणको निर्माणमा पहल गर्ने, वैदेशिक रोजगारबाट आर्जित सीप, ज्ञान र पूंजीको सही परिचालन गर्न तथा सामूहिक लगानीको अवधारणा मार्फत् मात्र समृद्ध राष्ट्रको सपना पूरा गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)
-
९ महिनामा गण्डकी प्रदेशको पुँजीगत खर्च २९ प्रतिशत मात्रै