बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएको महासचिवमा खरेलले गरे उम्मेदवारी घोषणा

शुक्रबार, ०२ असार २०७४, १३ : ०४
शुक्रबार, ०२ असार २०७४

अमेरिका– गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिवमा डिला खरेलले उम्मेदवारी घोषणा गरेका छन् । वर्ष (२०१७—१९) का लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् । विगत १०  वर्षदेखी एनआरएनए अष्ट्रेलियामा आवद्ध उनी एनआरएनएका वर्तमान कोषाध्यक्ष छन् ।


खरेलले फेसवुक मार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै गैरआवासीय नेपाली अभियानले बोकेको उदेश्यहरुलाई मूर्त रुप दिन महासचिव पदमा उम्मेदवारी दिने बताएका छन् । संघ नामको आधारमा मात्रै नभई कामको आधारमा समेत चिनिनुपर्ने बताउंदै उनले स्थापनाकालदेखिका अग्रज र नयाँ पुस्तालाई साथमा लिएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

खरेलले भनेका छन्, ‘संस्थामा नेतृत्व दिन सक्ने अनुभवी, लगनशील, वौद्धिक र उर्जाशील नेतृत्व आवश्यक छ त्यसका लागी मेरो उम्मेदवारी हो ।’ संघले घोषणा गरे अनुसारको र पाएको सबै जिम्मेबारी पुरा गरेको उनको दावी छ । उनले संस्थाको परिचय, समस्या पहिचान र संजालको निर्माणका १० वर्षवाट पाठ सिक्दै संघको संस्थागत बिकाससंगै गुणात्मक उपलब्धी हांसिल गर्ने समयको रुपमा उपयोग गर्नुपर्ने बताएका छन् ।


‘संघको स्थायित्व सम्बन्धि सबै योजनाहरुलाई कार्यान्वयनमा ल्याई संघलाई एक कदम अगाडि स्थापित गराउन आफु प्रतिबद्ध रहने,’ उनले भनेका छन् ।

उनले आर्थिक समुन्नतिको धरोहर प्रत्यक्ष वैदेशिक लगानीलाई भित्र्याउन आर्थिक कुटनीति तथा लगानी मैत्री वातावरणको निर्माणमा पहल गर्ने, वैदेशिक रोजगारबाट आर्जित सीप, ज्ञान र पूंजीको सही परिचालन गर्न तथा सामूहिक लगानीको अवधारणा मार्फत् मात्र समृद्ध राष्ट्रको सपना पूरा गर्नका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप