शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चमतिमा भैरव र कुमारीको सामूहिक पुजा

शनिबार, ३० चैत २०७५, १६ : ५५
शनिबार, ३० चैत २०७५

काठमाडौं । राजधानी काठमाडौंको चमतिमा भैरव र कुमारीको सामूहिक पुजा गरिएको छ । श्री पञ्चकुमारी सामाजिक संस्थाले शनिबार भैरव र कुमारीको सामूहिक पूजाको आयोजना गरेको हो ।

भैरव र कुमारी पुजाका लागि १२ बर्षमूनिका बाल बालिकालाई सिंगारपटार गरि बालकलाई भैरव र बालिकालाई कुमारीको प्रतिकका रुपमा पुजेर खानेकुरा, बस्त्रलगायत दिइएको थियो । 

विशेष गरेर शिव र शक्तिको प्रतिकका रुपमा हरेक बर्ष कुमारी र भैरवको सामुहिक पुजा हुँदै आएको श्री पञ्चकुमारी सामािजक संस्थाका अध्यक्ष पुरुषोत्तम महर्जनले जानकारी दिए । 

भैरव र कुमारीको सामूहिक पुजाका लागि श्रद्धालुहरुको उल्लेख्य भीड लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप