शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेलिब्रेटीको क्रिकेट (हेर्नुहोस् ३० तस्बिरमा)

शनिबार, ३० चैत २०७५, १४ : १०
शनिबार, ३० चैत २०७५

काठमाडौं । चितवनको भरतपुरमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ धुर्मुस–सुन्तली फाउण्डेशनले शनिबार क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । 

‘मातृभूमि कप’ नाम दिइएको क्रिकेटमा नेपाली राष्ट्रिय टीमका खेलाडीहरुका साथै सेलिब्रेटीहरुको सहभागिता रहेको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित खेलका लागि कलाकारहरुले केही दिन प्रशिक्षण समेत लिएका थिए । कलाकारहरुलाई राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र कलाकार सुनिल थापाले प्रशिक्षण दिएका थिए । 

प्रतियोगीतामा राष्ट्रिय टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल आमनेसामने हुनेगरी खेल तालिका बनाइएको छ ।  पारस खड्काको कप्तानीमा ‘राष्ट्रिय टिम ए’ र ज्ञानेन्द्र मल्लको कप्तानीमा ‘राष्ट्रिय टिम बी’ बनाइएको कलाकार तथा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल घुर्मुसले जानकारी दिए । 

र, यस्तै कलाकारहरुको तर्फबाट मदनकृष्ण श्रेष्ठको कप्तानीमा ‘कलाकार ए’ र हरिवंश आचार्यको कप्तानीमा ‘कलाकार बी’ को टीम बनाइएको छ । जसको १० ओभरको खेल तय गरिएको छ । 

रङ्गशाला निर्माणको सहयोगार्थ प्रतियोगीता गर्न लागिए पनि यसबाट संकलित रकमको १५ प्रतिशत बारा र पर्साका आँधी प्रभावितहरुको लागि खर्च गरिने फाउण्डेशनले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप