सप्तरीमा १ सय ३१ वर्षीय बृद्धको मृत्यु
शुक्रबार, २९ चैत २०७५, १९ : १२
जनकपुर– नेपालकै जेष्ठ नागरिक १ सय ३१ वर्षीय बृद्धको आज देहान्त भएको छ । सप्तरीको तिरहुत गाउँपालिका वडा नं. १ बस्ने त्रिकौल धनपुरी निवासी रघु बहरखेर यादवको शुक्रबार निधन भएको हो ।
विगत लामो समयदेखि बिरामी रहेका रघुको बिहान ११ बजेर ३१ मा निधन भएको परिवारजनले जनाएको छ ।
उनका छोरा भरतलाल बहरखेर साविकको त्रिकौल गाविसका पूर्व उपाध्यक्ष थिए भने उनका नाती हेमन्त बहरखेर (मनोज) वर्तमान तिरहुत गाउँपालिकाका अध्यक्ष छन् । यसैबीच रघुको निधनप्रति विभिन्न संघ–संस्था तथा नगरपालिका गाउँपालिकाद्वारा दुःख व्यक्त गर्दै शोकाकूल परिवारलाई धैर्य धारणाको शक्ति प्रदान गरोस् भनि कामना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ