शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिलनपार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी

शुक्रबार, २९ चैत २०७५, १४ : २६
शुक्रबार, २९ चैत २०७५

बुटवल– बुटवल उपमहानगरपालिकाले वडा नम्बर १२ मा रहेको मिलनपार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागेको छ । २२ हेक्टर क्षेत्रफलमा फैलिएको यो पार्कलाई व्यवस्थित गर्दै आकर्षक बनाउने काम सुरु भएको छ ।

०५७ सालमा मिलन बगैंचाका रुपमा काम सुरु भएपनि अहिले यो पार्कको मुहार फेर्ने गरि काम भइरहेको छ । मिलन पार्कको गुरुयोजना नै बनाएर काम थालिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । 

पार्कमा जाने सतगढी नालामा पुल निर्माण भएको छ भने पार्कको वरपरको क्षेत्रफलमा व्यवस्थित र वातावरणमैत्री पर्खाल निर्माणको काम भइरहेको छ । 

बुटवल उपमहानगरपालिकाले करिब दुई करोड बराबरको लागतमा मिलनपार्कलाई अत्याधुनिक पार्कका रुपमा विकास गर्न लागेको जनाएको  छ । यसका लागि पुल, कल्भर्ट, पर्खाल र सभाहल निर्माणमा मात्रै करिब डेढ करोडको लागत लाग्ने बताइएको छ । 

अबको दुई बर्षभित्रै सभाहल निर्माण हुने सक्नेगरी काम अगाडि बढेको छ । गत बर्ष संसद विकास कोषमार्फत ५० लाखको लगानीमा जग बसाल्ने र पिल्लर राख्ने काम भएपनि त्यतिकै रहेको सभाहललाई उपमहानगरले यसपटक सम्पन्न गरेरै छोड्ने जनाएको छ । सभा हल निर्माणपछि सो क्षेत्रमा आर्थिक गतिविधि बढ्ने स्थानीयको भनाई छ । चारापाला सामुदायिक वन क्षेत्रमा रहेको यो पार्क पूर्व–पश्चिम राजमार्गदेखि करिब एक किमि उत्तरमा पर्दछ । 

मिलनपार्कलाई रमाइलो पार्कका रुपमा विकास गर्नेगरि उपमहानगरपालिकाले गुरुयोजनासमेत बनाइसकेर नयाँ चरणको काम सुरु भएको वडाअध्यक्ष दुर्गा सुवेदीले जानकारी दिए । दोस्रो चरण अन्तर्गत पर्खाल उठाउन र दुई तला ढलाई हुनेछ । एक करोड २० लाख रुपैयाँको लागत स्टमेट गरेकोमा ठेकेदार कम्पनीले ८२ लाख ४४ हजार रुपैयाँमा ठेक्का प्राप्त गरेको छ । 

उक्त सभाहल ५सय ५० जना अट्नसक्ने क्षमताको हुने इन्जिनियर सफिर अहमद खानले समयमै सम्पन्न हुने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप