शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गुगल अर्थमा ‘म्यारी मी’ लेखेर प्रस्ताव राखे, यसका लागि ७ हजार किमि यात्रा गरेः राखे विश्व रेकर्ड

शुक्रबार, २९ चैत २०७५, १३ : ५८
शुक्रबार, २९ चैत २०७५

जापानमा बस्ने एक युवकले प्रेमिकालाई गुगल अर्थको मद्दतले जापानको नक्सामा ‘म्यारी मी’ लेखेर विवाहको प्रस्ताव गरेका छन् । यसका लागि उनले जीपीएसको प्रयोग गरे र ६ महिनामा सात हजार किलोमिटरको यात्रा गरे । उनको यो अचम्मको तरिकालाई गिनिज बुकले सबैभन्दा लामो ‘जिपिएस ड्रइंग’ मान्दै विश्व रेकर्डमा समावेश गरेको छ । जब उनकी प्रेमिकालाई यसबारे थाहा भयो तब उनले विवाहको प्रस्ताव अस्विकार गर्न सकिनन् । गुगलले यो व्यक्तिको अप्रत्याशित कहानी ट्वीट गरेर जानकारी दिए ।

प्रपोजललाई मात्र स्मरणीय बनाएको बताएः

टोकियोमा बस्ने यासुशी ताकाशाही उर्फ यासान सन् २००८ मा नात्सुकीमा बस्ने आफ्नी प्रेमिकालाई प्रस्ताव राख्न चाहन्थे । उनको इच्छा यो मौकालाई स्मरणीय बनाउने थियो । यसका लागि उनले १० वर्ष अनुसन्धान गरे । उनले गुगल अर्थ र स्ट्रीट भ्यूका साथै जिपिएस आर्ट बनाए ।

निर्धारित रुटमा यात्रा गरेः

यासानले जापानको नक्सामा म्यारी मी र मुटु अंकित चित्र बनाउनका लागि निर्धारित रुटमा यात्रा सुरु गरे । यसका लागि आफूसँग जिपिएस डिभाइस राखे । त्यसपछि यो रुटलाई म्यापिङ टूल गूगल अर्थमा अपलोड गरे । यसलाई जापानको पूरा नक्सामा देख्न सकिन्छ ।

यो कामका लागि यासानले आफ्नो जागिर छोडिदिए र यात्रा गर्ने योजना बनाए । उनले होक्काइडो आइल्याण्डबाट यात्रा सुरु गरेर कोगोशिमाको तट पूरा गरे । ६ महिनामा उनले करिब ७ हजार किमिको यात्रा गरे ।

प्रेमिकाले भनिन्, ‘म यो सरप्राइजबारे सोच्न पनि सक्दिनथेँ ।’

यासानकी प्रेमिकाले आफूले यस्तो सरप्राइजबारे सोच्न पनि नसकेको बताइन् । उनले भनिन्, ‘उनीप्रति मेरो प्रेम संसारको सबैभन्दा महान प्रेम जस्तो लाग्छ । म यो प्रस्ताव भित्री मनदेखि स्विकार गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप