शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा टिप्स : वस्तुगत प्रश्नोत्तर

बिहीबार, २८ चैत २०७५, २३ : १७
बिहीबार, २८ चैत २०७५

१. एसियाली विकास बैङ्कद्वारा २०७५ चैतमा प्रकाशित एक प्रतिवेदनअनुसार आव २०७५÷७६ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

- ६.२ प्रतिशत 

– त्यस्तै, आव २०७६÷७७ मा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने एडीबीको पछिल्लो प्रतिवेदन माइक्रोइकोनोमिक अपडेटले जनाएको छ ।

– प्रतिवेदनअनुसार  कृषि क्षेत्रको वृद्धि आव २०७५÷७६ मा ४.५ प्रतिशत पुग्न सक्ने जनाइएको । यो आकलन मनसुन राम्रो हुँदा धानको उत्पादन अघिल्लो वर्षभन्दा ८.४ प्रतिशतले वृद्धि भई ५५ लाख टन पुग्नेमा आधारित छ ।

– सो प्रतिवेदनअनुसार आव २०७५÷७६ मा औद्योगिक क्षेत्र ७.१ प्रतिशत र सेवा क्षेत्र ६.४ प्रतिशतले बढ्न सक्ने अनुमान छ ।

२. मध्य तराईको बारा र पर्सामा क्षणभरमा जनधनको क्षति पु¥याउन गरी विनाशकारी हावाहुरी कहिले आयो ?

- विसं २०७५ चैत १७

– चैत १७ को साँझ अचानक आएको विनाशकारी हुरी बतास र असिनापानीले मध्य तराईका बारा र पर्सा जिल्ला नराम्ररी प्रभावित बन्न पुग्यो । सो हावाहुरीका कारण २८ भन्दा बढी मानिसको ज्यान  जानुका साथै, पाँच सयभन्दा बढी घाइते भएका थिए । घटनामा दुई हजारभन्दा बढी घर क्षतिग्रस्त भएका र थुप्रै बालीनाली नष्ट भयो ।

– बारा र पर्सामा क्षणभरमा जनधनको क्षति पु¥याउने सो शक्तिशाली आँधी ‘टोर्नाडो’ भएको बताइएको छ ।

– टोर्नाडो आउँदा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीमा केन्द्रित हुन्छ, त्यसले जहाँ छुन्छ त्यहाँ पूरै विनाश गर्छ । बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यसले छोएका धेरैजसो वस्तु उखेलिन्छन् ।

– सो टोर्नाडोको वेग प्रतिघण्टा ९० किलोमिटर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

– सन् १९८९ मा बङ्गलादेशमा आएको टोर्नाडोले एक हजार ३०० सयभन्दा धेरैको ज्यान गएको थियो । 

– ‘टोर्नाडो’ आउँदा  सुख्खा हुरीसहित बादल र पानी भएको बादल गर्जंदै चट्याङ, असिनासँगै कडा आँधी उत्पन्न  हुन्छ ।

३. विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार स्क्वायरदेखि स्वयम्भूसम्म निर्माण गर्न थालिएको ‘सम्पदा मार्ग’ को लम्बाइ कति छ ?

- २.८ किलोमिटर

४. २०७५ सालको नई चन्द्रधन पुरस्कार कसलाई प्रदान गरियो ?

- श्री १००८ स्वामी रमणानन्द गिरी 

– त्यस्तै, नई भूपालदुर्गा पुरस्कार प्राडा त्रिरत्न मानन्धर, नई कीर्तिनीधि पुरस्कार चन्द्रप्रकाश मैनाली, नई खरा सुकीर्ति पुरस्कार प्राडा चूडामणि बन्धु, नई यउजा पुरस्कार कलाकार गेहेन्द्रमान अमात्य एवं नई धनरूप पुरस्कार स्याङ्जाका देवीप्रसाद वनवासीलाई प्रदान गरियो ।

– सर्व पुरस्कारको राशि जनही एक लाख रुपियाँ रहेको छ ।

५. पहिलो पटक औपचारिक रूपमा कुसुन्डा भाषाको पढाइ कहाँ सुरु गरिएको छ ?

- लमही (दाङ) 

६. काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारी साधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विधेयक काठमाडौँ महानगरपालिका नगरसभाबाट कहिले पारित भयो ?

- विसं २०७५ चैत २४

– पारित विधेयक १५ दिनमा मेयर विद्यासुन्दर शाक्यद्वारा प्रमाणीकरण भएपश्चात् कार्यान्वयनमा आउने छ । 

– विधेयकअनुसार महानगरभित्रका रुटमा कार्तिकदेखि माघ मसान्तसम्म बिहान ५ देखि राति ९ बजेसम्म र बाँकी महिना बिहान ५ देखि राति १० बजेसम्म सार्वजनिक यातायातले सेवा सञ्चालन गर्नुपर्ने छ ।

७. चुरे संरक्षणका लागि २० वर्षे गुरुयोजना मन्त्रिपरिषद्ले कहिले स्वीकृत गरेको हो ?

- विसं २०७४ जेठ ४ गते (नाराः चुरेको पानी चुरेलाई, स्वच्छ पानी सबैलाई) 

८. सर्वोच्च अदालतको आयोजनामा न्यायाधीशको तेस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?

- विसं २०७५ चैत २०–२२

– सम्मेलनमा देशभरबाट तीन सय ९३ न्यायाधीशको सहभागिता रहेको थियो ।

– यसअघि २०६५ सालमा पहिलो र २०७१ सालमा दोेस्रो राष्ट्रिय सम्मेलन भएको थियो ।

– सर्वोच्च, उच्च र जिल्ला अदालत गरी न्यायालयमा हाल न्यायाधीशको कुल दरबन्दी चार सय २१ रहेको छ ।

 ९. प्रसिद्ध भाजु पोखरी कहाँ रहेको छ ?

- भक्तपुर (यो १२ औँ शताब्दीमा निर्माण भएको हो ।)

१०. इजरायलमा सन् २०१९ अप्रिलमा सम्पन्न फुटबल लिगमा सबैभन्दा पाको उमेरमा गोलरक्षक भई कीर्तिमान कायम गर्ने खेलाडी को हुन् ?

- इसाक हासिक (इजरायल)

– विश्व फुटबल इतिहासमा इसाक पाको उमेरका गोलरक्षक बन्नुभएको छ । ७३ वर्षको उमेरमा इसाकले इरोनी क्लबकै पहिलो रोजाइका गोलरक्षकका रूपमा प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले पूरै ९० मिनेट गोल पोस्ट समालेर उत्कृट बचाउ गर्न सफल हुनुभएको थियो । 

– यसअघि यो रेकर्ड उरुग्वेका  ५४ वर्षीय रोबर्टो क्यारामोनको नाममा थियो । 

११. टी–२० विश्वकप क्रिकेटमा पहिलो ह्याट्रिक लिने बलर को हुन् ?

- अस्ट्रेलियाका ब्रेट ली 

(सन् २००७ को टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा उहाँले बङ्गलादेशविरुद्ध खेलमा ह्याट्रिक गर्नुभएको थियो । )

१२. कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि २०७५ चैतमा भएको निर्वाचनमा अध्यक्ष पदमा विजयी उम्मेदवार को हुन् ? 

- चण्डेश्वर श्रेष्ठ

(तीन वर्षे कार्यकालका लागि २५ सदस्यीय कार्य समितिमा वाम–प्रगतिशील समूहबाट अध्यक्षसहित सात उपाध्यक्ष, कोषाध्यक्ष र १४ सदस्य निर्वाचित भएका छन् । प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ  ४ हजार २२ मतका साथ अध्यक्षमा विजयी हुनुभयो । महासचिव, प्रदेश ५ को उपाध्यक्ष र एक सदस्यमा लोकतान्त्रिक समूहले जितेको छ ।

१३. १५ औँ पञ्चवर्षीय योजना (२०७६÷७७–२०८०÷८१) को आधारपत्रअनुसार आगामी पाँच वर्षमा देशको आर्थिक वृद्धिदर कति पु¥याउने लक्ष्य छ ?

- १०.३ प्रतिशत

(विसं २०७५ चैत २०–२१ सम्म सञ्चालित राष्ट्रिय विकास परिषद्को बैठकले १५ औँ पञ्चवर्षीय योजनाको आधारपत्र पारित गरेको छ । यो योजना मन्त्रिपरिषद्बाट पारित भई आव २०७६÷७७ बाट कार्यान्वयनमा आउने छ ।)

१४. नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण कहिले गरियो ?

- विसं २०७३ मङ्सिर २२

– नेपालमा पहिलोपटक भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको थियो ।

– भक्तपुर सूर्यविनायकका बलराम नागाको सफलतापूर्वक कलेजोको शल्यक्रियापश्चात् नेपालमा औपचारिक रूपमा यो सेवा सुरु भयो ।

– शल्यक्रियामा दक्षिण कोरियाली विशेषज्ञ टोलीले सहयोग पु¥याएको थियो ।

१५. न्युजिल्यान्डको क्यान्टरब्युरी जीव सङ्ग्रहालयले वाइपारा नदीको किनारमा फेला परेको पेन्गुइन पक्षीको अस्थिपञ्जर कति वर्षअघिको दाबी गरेको छ ?

- ६ करोड १० लाख वर्ष 

(सन् २०१८ फेब्रुअरी २४ मा सो अस्थिपञ्जर फेला परेको कुरा सार्वजनिक भएको थियो । सो अस्थिपञ्जर फेला परेपछि पृथ्वीमा सबभन्दा पहिलो भीमकाय प्राणी डाइनोसर हो भन्ने प्रचलित जीवशास्त्रीय अवधारणाको खण्डन भएको छ । डाइनोसर लोप भएको ४० लाख वर्ष भएको बताइन्छ ।)

१६. “एउटा न्यानो र मिठो हाँसो दया र करुणाको अन्तर्राष्ट्रिय भाषा हो ।” भन्ने विचारक को हुन् ?

-  विलियम अर्थर वार्ड, अमेरिकी लेखक 

१७. भूपरिवेष्टित अल्पविकसित मुलुकको बृहत्तर हित र सहकार्य एवं अध्ययन अनुसन्धानका लागि राष्ट्रसङ्घअन्तर्गत थिङ्क ट्याकङ्मा नेपाल सदस्य हुने विषय संसद्बाट कहिले पारित भएको हो ?

- विसंं २०७४ साउन २२

(नेपाल १० औँ सदस्य राष्ट्र बनेको हो । यसको सचिवालय मङ्गोलियामा छ ।)

१८. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

- सन् १९९८ 

– राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानाडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुनुहुन्छ ।

– हाल राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहनुभएको छ ।

१९. नेपालमा सर्वप्रथम स्थापना भएको सहकारी संस्था कुन हो ?

- बखान सहकारी संस्था (चितवन)

– पहिलो सहकारी संस्थाका रूपमा विसं २०१३ चैत २० मा यसको स्थापना भएको हो ।

– सहकारी अभियानमा हाल ३४ हजार ५१२ प्रारम्भिक सहकारी संस्था छन् ।

– ६३ लाख सदस्य रहेको सहकारी अभियान देशकै सबभन्दा  ठूलो सामाजिक सञ्जाल बनेको छ ।

– सहकारी संस्थाहरूको कुल सेयर पुँजी ७३ अर्ब रुपियाँ पुगेको छ भने निक्षेप सङ्कलन ३०२ अर्ब रुपियाँ  र ऋण प्रवाह २७४ अर्ब रुपियाँ । यस क्षेत्रले करिब ६० हजार नागरिकलाई रोजगार दिएको छ भने करिब १० लाख मानिसलाई  स्वरोजगार  सिर्जना गरी राष्ट्रिय  अर्थतन्त्र विकासमा महŒवपूर्ण भूमिका निर्वाह गरेको छ ।

– नेपालको संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर, दिगो एवं समाजवादउन्मुख राष्ट्रिय अर्थतन्त्रको एक महŒवपूर्ण आधारस्तम्भ मानेको छ ।

– सहकारी पेसागत र व्यावसायिक क्षेत्र मात्र नभई अभियान नै हो । यससँग आर्थिकसहित सामाजिक र सांस्कृतिक पक्ष पनि जोडिएको हुन्छ । प्रजातान्त्रिक अभ्यास र समावेशिता यसको जग मानिन्छ । आर्थिक–सामाजिक  विकाससहितको स्वावलम्बन, आत्मनिर्भरता यसको मूल लक्ष्य हो ।

 

२०. मन्दिरको छानोको सबैभन्दा माथिल्लो भागमा राखिएको कलात्मक आकृतिलाई के भनिन्छ ?

- गजुर 

२१. नेपालले बहुपक्षीय व्यापार सञ्जाल विश्व व्यापार सङ्गठनको सदस्यता कहिले प्राप्त ग¥यो ?

- सन् २००४ अप्रिल २३ 

(नेपाल यसको १४७ औँ सदस्य राष्ट्र हो । )

२२. ‘तेक्वान्दो क्विन’ का नामक चिनिने नेपाली खेलाडी को हुन् ?

- सङ्गिना वैद्य 

२३. क्षयरोगविरुद्ध खोपको आविष्कार कसले गरेका हुन् ?

- लुई पास्चर

२४. युरोपेली सङ्घको प्रधान कार्यालय कहाँ रहेको छ ?

 - बेल्जियमको ब्रसेल्स

२५. नेपालको कर्मचारी प्रशासनसम्बन्धी केन्द्रीय निकाय कुन हो ?

- सामान्य प्रशासन मन्त्रालय 

२६. योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ राजपत्रमा कहिले प्रकाशित भएको हो ?

- विसं २०७४ साउन २९

(ऐन प्रारम्भ ः प्रमाणीकरण भएको ९१ औँ दिनबाट सुरु भयो ।)

२७. योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार ‘आश्रित परिवार’ भन्नाले कस–कसलाई बुझिन्छ ?

- पति वा पत्नी, छोरा, बुहारी, वा छोरी, बाबु, आमा, सासू वा ससुरा, नाति वा नातिनी 

२८. क्युबाको क्रान्तिका सर्वोच्च नेता तथा पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन कहिले भएको हो ?

- सन् २०१६ नोभेम्बर २५ (९० वर्षको उमेरमा)

– क्युबाको क्रान्तिका प्रतीक मानिने क्यास्ट्रोले लगातार ५० वर्ष शासन गर्नुभएको थियो । उहाँ सन् १९५९ देखि १९७६ सम्म कार्यकारी प्रधानमन्त्री र १९७६ देखि २००८ सम्म राष्ट्रपति बन्नुभएको थियो ।

– आफ्नो शासनकालमा उहाँले छ दशक लामो अमेरिकी नाकाबन्दीको सामना गर्नुप¥यो ।

२९. हालै विश्व बैङ्कको अध्यक्षमा कसलाई नियुक्त गरिएको छ ?

- डेभिड माल्पास 

– माल्पास अमेरिकी अर्थमन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ ।

– उहाँले सन् २०१९ अप्रिल ९ देखि कार्यभार सम्हाल्नुभएको हो ।

३०. प्रतिष्ठित पत्रिका ‘द अस्ट्रेलिया’ ले सन् २०१९ अप्रिलमा प्रकाशित गरेको अस्टे«लियाका धनाढ्यको सूचीअनुसार नेपाली मूलका घले दम्पत्तिको स्थान कति औँ मा छ ?

- ८५ औँ 

– नेपाल मूलका व्यवसायी दम्पती शेष घले तथा जमुना गुरुङ अस्टे«लियाको ८५ औँ र ८६ औँ धनी बन्न सफल हुनुभएको छ ।

– करिब १० वर्षदेखि अस्ट्रेलियाका धनीहरूको सूचीमा पर्न सफल घले दम्पती  सन् २०१९ मा पहिलो पटक बिलिनियरको सूचीमा पर्न सफल भएको थियो । सूचीअनुसार उहाँहरूको कुल सम्पत्ति १.१ बिलियन डलर रहेको छ ।

गाेरखापत्रबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप