शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुर १९ मा मतदान जारी

शुक्रबार, २० साउन २०७४, ०८ : ५२
शुक्रबार, २० साउन २०७४

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतदान सुरु भएको छ । बिहान सात बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ ।

भोट हाल्नको लागि सो वडामा तीन मतदानस्थलमा ६ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । 

भरतपुर महानगरपालिकामा पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत गत वैशाख ३१ गते निर्वाचन सम्पन्न भएको थियो ।

मतगणनाको क्रममा माओवादी कार्यकर्ताले १९ नम्बर वडाको मतपत्र च्यातेपछि मतगणना स्थगित भएको थियो ।

सर्वोच्च अदालतले पुनः मतदान गर्न निर्णय सदर गर्दै फैसला गरेपछि आज १९ नम्बर वडामा मतदान भएको हो । 

वडामा ३ हजार ७ सय ९७ मतदातारहेका छन् ।

भरतपुर महानगरपालिकाको मेयरमा एमालेका देवी ज्ञवाली र  माओवादी–कांग्रेस गठबन्धनबाट रेणु दाहाल उम्मेदवार छिन्  ।

आज मतदान सम्पन्न भएपछि वडा नम्बर १९ र २० को मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप