एकैपटक जन्मेका ३ सन्तानलाई अस्पतालले बन्धक बनायो, परिवार बिच्चलीमा

जनकपुर । जनकपुरमा एक महिलाले एकैपटक ३ सन्तानलाई जन्म दिएकी छिन् । रकमको अभावमा आमाले एकैपटकमा जन्म दिएकी ३ सन्तानलाई अस्पतालबाट घर लग्न नसकेपछि बिच्चलीमा परेकी छिन् ।
न्यून आय आर्जन गरि घर–परिवार पाल्दै आएका ती परिवारका लागि हर्ष न विष्मात भएको छ ।
एकैपटकमा ३ सन्तानलाई जन्म दिएपछि पालनपोषण र हुर्काउने कुरा आफ्नो ठाउँमा छँदैछ । त्यसमाथि पनि जब अस्पतालको बिल भुक्तानी गर्नुपर्ने कुरा आएपछि ति परिवार अहिले जनकपुर अञ्चल अस्पतालको बन्धक बनेका छन् ।
ति परिवारले अस्पताललाई एक लाख ५३ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । त्यसपछि मात्रै उनले आफ्नो सन्तानलाई लैजान पाउनेछिन् ।
यस्तो छ कथा
२ साताअघि सुनिता साह घरमा काम गरिरहेको अवस्थामा एक्कासी पेट दुख्न थालेपछि उनले पति गणेश साहलाई यसबारे जानकारी गराईन् । सो दिन बिहानै पतिको साथमा उनी सर्लाही जिल्लाको बैलवास नगरपालिका – ७ स्थित खोरिया टोलबाट प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालको रुपमा रहेको जनकपुर अञ्चल अस्पतालमा आइन र भर्ना भइन् ।
भर्ना भएको अर्को दिन सुनिताले केहि मिनेटको अन्तरालमा ३ वटा सनतानलाई जन्म दिइन् । एकैपटकमा ३ सन्तानलाई केहि समयको अन्तरालमा जन्म दिएपछि ति सन्तानहरुलाई आईसीयु कक्षमा भर्ना गर्नुपरेको थियो ।
१८ दिनसम्म तिनै जना सन्तानलाई आईसीयु कक्षमा भर्नाका लागि राखियो ।
दुई छोरी र एक छोरालाई जन्म दिएपछि तिनै जना बच्चाको तौल भने करिब डेढ किलोग्रामसम्म छ । र, अहिले तिनै बच्चा सामान्य भएपछि आईसीयु कक्षले बच्चाहरुलाई डिस्चार्ज गर्न भने ।
सुनिताका पति गणेशले जोहो गरेर ल्याएका करिब ५५ हजार रुपैयाँ लिएर उनी काउण्टरमा पुगे । तर जब अस्पतालले ३ वटा बच्चाको प्रति बच्चाको आईसीयु कक्षको चार्ज ५१÷५१ हजार रुपैयाँको बिल दिएपछि उनी अक्क न बक्क भए । रकम अभावकै कारण उनी विभिन्न ठाउँमा भौतारिदैँ छन् ।
अस्पतालले आज बिहिबारसम्म डिस्चार्ज नगरेमा अर्को दिनदेखि प्रति बच्चा थप ३ हजार रुपैयाँको दरले भुक्तानी गर्नुपर्ने भनेपछि अहिले ति परिवार बिच्चलीमा परेका छन् ।
सामान्य मजदुरी गरी जिवीकोपार्जन गर्दै आएका ४० वर्षीय गणेश साह अहिले बिच्चलीमा परेका छन् भने उनीसँगै गणेशका सासु पवित्रादेवी साह र ४ वर्षीय छोरा नितेश साह छन् ।
बच्चाहरु आईसीयु कक्षमै रहेकोले आमा सुनिताले समय–समयमा आएर दुध खुवाउने गरेकी बताइन् ।
यता आईसीयु कक्षका डा. दिपक साहले आजै बच्चाहरुलाई डिस्चार्ज गरेको, तर बच्चाका परिवारले हालसम्म नलगेकाले समस्या भइरहेको जनाए । यता अस्पतालले डिस्चार्जको चार्ज भुक्तानी नगरेसम्म तिनै सन्तान हस्तान्तरण गर्न नमिल्ने जनाएको छ ।
कहाँ छ, ‘बेटी बचाउ बेटी पढाउ’ अभियान ?
यसरी आफैँले जन्म दिएकी २ छोरीसहित ३ सन्तानलाई अस्पतालले बन्धक बनाएर राखेपछि प्रदेश सरकारले समेत वास्ता गरेको छैन ।
निम्न मध्यम गरिब परिवार रहेकै कारण नवजात शिशुलाई निरोगी हुने स्थल अस्पतालबाट लैजान नपाउँदा प्रदेश सरकारको अति नै लोकप्रिय अभियान ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रम बोलीमा मात्र सीमित रहेको छ । छोरीलाई लक्षित गरी प्रदेश सरकारले घोषणा गरेको कार्यक्रमलाई कतिपयले फितलो रहेको र नारामा मात्रै सिमित रहेको समेत टिप्पणी गरेका छन् ।
मानव अधिकारकर्मी वीरेन्द्र कर्णले तत्काल पीडित परिवारलाई अस्पताल र प्रदेश सरकारले सन्तानलाई हस्तान्तरणका लागि पहलकदमी लिनुपर्ने बताए । यसरी नवजात शिशुलाई गरिब परिवारमाथि अत्याचार गर्न नमिल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोकर्णेश्वरबाट पेस्तोलसहित युवक पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठग्ने ६ जना पक्राउ
-
राजावादीलाई प्रचण्डको चेतावनी : लोकतन्त्रभित्रै आफ्नो ठाउँ खोज्नुस्, नभए क्रान्ति हुन्छ
-
ओलम्पिक कमिटीको पदाधिकारीको हैसियतमा विदेश भ्रमण गर्नबाट रोक्न गृह र परराष्ट्रमा पत्राचार
-
यो ट्रायलमात्र हो, नेताहरू लुक्ने ठाउँ खोज्नुहोला : सांसद कार्की
-
आईफामा लापता लेडिजको वचर्श्व, उत्कृष्ट फिल्म सहित १० अवार्ड