मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

यति कम तलब लिन्छन् ट्वीटरका कार्यकारी अधिकारी ? चकित हुनुहुनेछ तपाईं

बिहीबार, २८ चैत २०७५, १० : ११
बिहीबार, २८ चैत २०७५

संसारको दिग्गज माइक्रो ब्लगिङ साइट ट्वीटरका कार्यकारी अधिकारी ज्याक डोर्सीले सन् २०१८ मा यति तलब लिएका थिए, जुन थाहा पाउँदा तपाईं चकित हुनुहुनेछ । उनले वर्षभरीका लागि १.४० डलर लगभग एक सय ५५ रुपैयाँ तलब लिएका छन् । यतिमात्रै होइन, उनले सन् २०१५ मा मुख्य कार्यकारी अधिकारी बनेपछि पहिलो पटक तलब लिएका हुन् ।

कम्पनीले यूएस सिक्योरिटीज एण्ड एक्सचेन्ज कमिशनलाई ट्वीटर इंकका कार्यकारी अधिकारी ज्याक डोर्सीले सन् २०१८ मा १.४० डलर तलब पाएको जानकारी दिएको छ । डोर्सी ट्वीटरका सह–संस्थापक हुन् । उनी कम्पनीको सुरुवाती दिनमा पनि दुई वर्षसम्म मुख्य कार्यकारी अधिकारीको पदमा रहे तर सन् २००८ मा उनले यो पद छोडेका थिए । त्यसपछि सन् २०१५ मा उनी पुनः ट्वीटरका प्रमुख बने । उनले सन् २०१५, २०१६ र २०१७ मा कम्पनीको तर्फबाट कुनै पनि तलब र लाभ नलिएको बताइन्छ । यसका साथै उनले मोबाइल पेमेन्ट कम्पनी स्क्वायरबाट पनि २.७५ डलर वार्षिक तलब पाउँछन् । डिसेम्बर सन् २०१८ मा डोर्सीले स्क्वायरमा भएको आफ्नो १७ लाख सेयर बेचेका थिए । फोर्ब्सका अनुसार यसले उनको करिब ८ करोड डलरको कमाई भयो । अहिले उनको कूल सम्पत्ति करिब ४.७ अर्ब डलरको छ जसमा करिब ३.९ अर्ब डलर मूल्य स्क्वायरको ६.१ करोड सेयर पनि समावेश छ । ट्वीटरमा पनि डोर्सीको करिब ६० करोड डलर मूल्यको सेयर छ । उनले यसको कुनै सेयर बेचेका छैनन् जबकी ट्वीटरका अर्का सह–संस्थापक इवान विलियसम्ले अप्रिल २०१८ देखि अहिलेसम्म आफूसँग भएको ट्वीटरका करिब ५० प्रतिशत सेयर बेचिसकेका छन् ।

यद्यपि, डोर्सी एक्ला व्यक्ति होइनन् जो एक डलर आसपासको तलब लिन्छन् ।  फेसबुकका कार्यकारी अधिकारी मार्क जुकरबर्ग, ओरेकलका ल्यारी एलिसन र गुगलका ल्यारी पेज एवं सर्जे ब्रिन पनि वर्षमा एक डलरको सम्पत्ति लिन्छन् । सन् २०१२ मा मार्क जुकरबर्गले वार्षिक तलब र बानसको रुपमा ७.७० लाख डलर लिएका थिए । अहिले उनी सबैभन्दा कम तलब लिने फेसबुक कर्मचारी हुन् ।

एक डलर तलब किन लिन्छन् ठूला अधिकारी ?

अमेरिकी कम्पनीका ठूलो अधिकारीबीच प्रतिकात्मक रुपमा एक डलर आसपासको तलब लिने प्रचलन बढिरहेको छ । वास्तवमा उनीहरुको सेयर वा अन्य तरिकाले यति धेरै कमाई हुन्छ कि उनीहरु तलब नलिएर कम्पनीका कर्मचारीलाई राम्रो सन्देश दिन चाहन्छन् । त्यसकारण प्रतिकात्मक रुपमा उनीहरु एक डलर तलब लिन्छन् । १९ औं शताब्दिमा जब युद्धको स्थिती थियो त्यतिबेला पनि अमेरिकी कम्पनीका शीर्ष अधिकारीले एक डलर तलब लिने चलन सुरु गरे । यति कम तलब लिएर कम्पनीका मुख्य कार्यकारी अधिकारीले आफूले पूरा ध्यान कम्पनीको सेयरको मूल्य बढाउन केन्द्रीत गरिरहेको भनेर संकेत गर्न चाहन्छन् । किनभने उनीहरुको कमाई यी सेयरबाटै हुन्छ ।

Source: www.businesstoday.in

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप