शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिहिबार कुन राशि हुनेहरुका लागि राम्रो ?

बिहीबार, २८ चैत २०७५, ०६ : ३२
बिहीबार, २८ चैत २०७५

वि.सं.२०७५ साल चैत्र २८ गते । बिहिबार । ईश्वी सन् २०१९ अप्रिल ११ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । चैत्र शुक्ल पक्ष । तिथि षष्ठी,१६ घडी ५९ पला,दिउँसो १२ बजेर ३४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र मृगशिरा,०७ घडी १९ पला,बिहान ०८ बजेर ४२ मिनेट उप्रान्त आद्र्रा । योग शोभन,२० घडि ३२ पला,दिउसो ०१ बजेर ५९ मिनेट उप्रान्त अतिगण्ड । करण तैतिल,दिउसो १२ बजेर ३४ मिनेट उप्रान्त गर,रातको ११ बजेर ४४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा मृत्यू योग । चन्द्रराशि मिथुन ।   

काठमाडौंमा सूर्योदय ०५ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ३९ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बादबिवाद तथा मुद्दा मामिलामा सहभागि नहुनुहोला नकरात्मक नतिजा आउनेछ । सकसपुर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोष जनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा काम गर्न असजिलो महशुष हुनेछ । बिद्यामा सफलता पाउन कडा मेहनेत गर्नु पर्नेछ । दाजुभाई तथा छिमेकि सँग मनमुटाव बड्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा समय दिय पनि भनेजस्तो नतिजा नआउने हुदा मन खिन्न हुनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयले साथ दिने हुनालेथोरै लगानिबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने दैनिकि सुधार भएर जानेछ । व्यापारमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । आफन्त तथा सहयोगिको साथ पाईने हुनालेजस्तोसुकै परिस्थितिहरुको पनि सामना गर्न सहज बाताबरण बनेर जानेछ । पढाई लेखाईमा थोरै समय दिदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुँने समय रहेकोछ । बिद्यार्थिहरुले आफ्नो प्रतिष्पर्धिहरुलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यावसायबाट मनग्गे धन सम्पति कमाउँन सकिने हुदा आवस्यक्ताहरु परिपुर्ति हुँनेछन् । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर खिच्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अनावस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ , ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोका तथा मनमुटाव हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आउने आम्दानिले उत्साह जगाउनेछ । पानी तथा खनिज पदार्थको व्यावसायबाट मोटो रकम हात लागि हुने योग रहेकोछ । प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतिको प्रयोग गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित काममा बिषेश रुचि बढ्नेछ । 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुन सक्छ । बुवा वा बुवासरहका मानिस सँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको गतिलो उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाई आर्थिक अवस्था सुदृड बनाउँन सकिनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको तय गर्न सकिनेछ । 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुन सक्छन् , ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादि हावि हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुदा अरुभन्दा पछ परिनेछ । माया प्रेममा अबिश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापारमा लगानि गरि मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिने समय रहेकोछ । साझेदारहरुबिच मन मिल्ने हुँदा नया उद्योगमा लगानि गर्ने अवसर जुर्नेछ । पढाई लेखाईमा मन जाने हुनालेउत्कृष्ट नतिजाका साथ पुरस्कार जित्न सकिने हुँदा आफन्त तथा गुरुजनहरु खुसि हुँनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुँनुको साथै जीवन साथिको साथ रहने हुनालेकाम गर्न उर्जा थपिनेछ । भौतिक तथा बिलाशि बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिवाद तथा प्रतिष्पर्धामा आज भाग नलिनुहोला ऋणात्मक नतिजा आउनेछ । व्यापार व्यावसायमा गरिएको लगानिबाट नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्ला । बिद्यामा सोचेजस्तो प्रगति गर्न बडीनै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । ऋणलाग्ने तथा खर्च बड्ने हुँदा मन चिन्तित हुनेछ । प्रेममा अबिस्वासको बाताबरण सिर्जना हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर जग्गा तथा सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुन सक्छ सजक रहनुहोला । बाहिरि बातावरण सँग जुध्न नसक्दा छाति सम्बन्धि समस्या आउन सक्छ ।
    
तपाईको दिन शुभ रहोस् ।
     
यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न।९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप