अबदेखि आइपीओमा १० कित्ता मात्रै पनि आवेदन दिन पाइने
बुधबार, २७ चैत २०७५, १७ : ००
काठमाडौं–अबदेखि आइपीओमा १० कित्ताका लागि मात्र पनि आवेदन दिन सकिने भएको छ । यसअघि कम्तीमा ५० कित्ताका लागि आवेदन दिन पाइने व्यवस्था थियो । नेपाल धितोपत्र बोर्डले सो व्यवस्थालाई पमिार्जन गर्दै १० कित्ताका लगि मात्र पनि आवेदन दिन सक्ने बनाएको जनाएको छ ।
यसअघि सवै वर्गका लगानीकर्ताको सहभागिता बढाउन सबै आवेदकहरुले १० कित्ता शेयर पाउने समावेशी वितरण प्रणाली र आस्वा व्यवस्था २०७३ साल देखि लागू भए भएपनि त्यही १० कित्ताका लागि पनि कम्तीमा ५० कित्ताको पैसा तिरेर आवेदन दिनुपथ्र्यो ।
पूँजीबजारमा पहँुच बढाउने उद्देश्यले सबैको सहभागिता सहज गराउँन १० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था मिलाइएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
बोर्डले सबै निष्काशन तथा बिक्रि प्रवन्धकलाई १० कित्तामात्र आवेदन दिनसक्ने व्यवस्था मिलाउन पपित्र गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ?
-
लगातार दोस्रो दिन सुनको मूल्यमा भारी गिरावट
-
बारामा सईले बोकेको अटोमेटिक पेस्तोल गायब
-
चैते धानप्रति दाङका किसानको आकर्षण बढ्दो
-
महानगरको सक्रियतामा ठुला आयोजना निर्माण सम्भव भएको हो : प्रमुख दाहाल
-
बेलिङह्यामलाई ‘लौरेस वर्ल्ड स्पोर्टस अवार्ड’